हेटौंडाका व्यवसायीहरुले सरकारले जारी गरेको लकडाउन नमान्ने, २१ गतेदेखि बजार खोल्ने

हेटौंडा । हेटौंडाका व्यवसायीहरुले सरकारले जारी गरेको लकडाउनलाई अब नमान्ने भएका छन् ।लकडाउनमा व्यवसायहरु धरासायी भएको भन्दै सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय गरेका हुन् ।हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरुको आग्रहलाई वेवास्ता गरेको भन्दै जेठ २१ गते बुधबारबाट बजार खुलाउने तयारी गरिएको जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि कुनै प्रतिक्रिया नआएको भन्दै संघले बाध्य भएर बजार खुलाउने निर्णय गर्नु परेको बताए ।

प्रशासन समक्ष आग्रह गरियो तर, प्रशासनले संघीय सरकारकै अनुमती चाहिने भन्दै हामीलाई वेवास्ता गरिरह्यो त्यसैले अब बजार खुल्छ । न्यौपानेले भने व्यवसायीहरुमा बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानहरुको म्याद गुज्रिने तथा क्षति हुन सक्ने सम्भावित अवस्थाले मानसिक तनावमा पर्नु परेको वरिष्ठ उपाध्यक्ष न्यौपानेको भनाइ छ । यी सबै अवस्थालाई अबका दिनमा सहन सक्ने स्थिति नआएको हुँदा सरकारले अनुमति नदिएपनि हामी बजार खुलाउने तयारीमा पुगेका हौं । उपभोक्ताहरुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाएर किनमेल गर्न आउन संघले अनुरोध गरेको छ ।सिधाकुरा

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १८:३५