राजा विरेन्द्र आफ्नो घर आएको सम्झिदै राजेश हमालले सार्वजनिक गरे दुर्लभ तस्वीरहरु

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हालसम्म धेरै हिट चलचित्रमा अभिनय गरिसकेका छन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु फेसबुकमा शेयर गरिरहने गर्छन्।

पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्या’न ‘ भएको उक्त कहालीलाग्दो घ’टना भएको आज १९ बर्ष पुगेको छ । आज नै अभिनेता राजेश हमालले आफ्नो बुबाआमा र पूर्वराजा वीरेन्द्र शाह परिवारलाई सम्झदै केही तस्बिरहरु शेयर गरेका छन्।

उनले पूर्वराजा वीरेन्द्र शाह परिवार आफ्नै घरको सोफामा बसेको बताउदै सोफाको तस्बिर देखाएका छन् । तस्बिरमा उनी सानो छदा पूर्वराजा वीरेन्द्र शाह परिवार र आमाबुबासँग छन् । उनले ती पुराना तस्बिरहरु शेयर गर्दै लेखेका छन् – ‘राजा बिरेन्द्र​ को प​रिवार राज भ​येको सोफा अझै मेरो घ​र मा छ​। मेरो बुवा र मुवा साथ मा। King Birendra’s family and my father/mother..’

 

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १८:४६