कोरोनाको प्रकोपको बेलामा धर्तिमाताले नदीको किनारमा पुगेर गरिन यस्तो ध्यान, धर्ति मातालाई हेर्न मान्छेको भिड (भिडियोसहित)

यतिबेला ‘धर्ती माता’को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८मा रहेको पालुखाको पनाह टोलमा हो । उनकी आमाको निधन भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरु बसाइसराइ गरेर रुपन्देही गएको ८/९ वर्ष भएको उनका दाजु बलभद्र कुँवरले बताए ।

‘विष्णुले यहीँ पढेकी हुन्, उनका बाबुले अर्की श्रीमती विवाह गरेका छन् भन्ने सुनेको छु तर देखेको छैन,’ कुँवरले भने । विष्णु केहि महिनाअघि गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा एक महिनासम्म ध्यानमा बसेर बुटवलतिर हिँडेकी थिइन् । उनी तीजको गीत रेकर्ड गराउन भन्दै काठमाडौँ आइपुगेकी हुन् ।

बिष्णु कुँवरले नेपाली नयाँ बर्षकै दिन बुटवल नजिकै तिनाउ नदिमा नाै लाख बत्ती बालेर पुजा अर्जना गरेकि थिइन । अरू सबै भिडियोमै हेर्नुहाेला ।

 

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १९:०७