२४० रुपैयाँमा कपाल बेचेर भोका सन्तानलाई भात खुवाएकी यी महान आमाको ह्रदयस्पर्शी कथा !

छोरा-छोरीको माया सबैभन्दा बढी आमालाई नै हुन्छ । आफ्ना छोरा छोरीको खुशीका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुन्छिन्–आमा । बालबच्चको भोको पेट देख्न नसकेर एक आमाले आफ्नो कपाल मुण्डन गरी १ सय ५० रुपैयाँमा बेचेको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना भारतको हो । तमिलनाडुकी एक विधवा महिलाले आफ्ना बालबच्चको पेट भर्नका लागि कपाल मुण्डन गरी बेचेकी हुन् । उनले आफ्नो कपाल बेचर आएको पैसाले भोकाएका बाल बच्चालाई खाना खुवाएकी हुन् । उनले दैनिक समस्यासँग गुज्रिनुभन्दा प्राण त्याग्ने मनसाय पनि नबनाएकी होइनन्, तर बालबच्चाको मायाले यसो गर्न सकिनन्।

तमिलनाडुको समेममा बस्दै आएकी ३१ वर्षीया प्रेमा नाम गरेकी ती महिलाका तीन सन्तान छन् । एउटा पाँच वर्ष, अरु ३ र २ वर्षका छन् । उनका पतिको भने सात महिना पहिले मृ’त्यु भएको थियो । ऋणको बोझ उठाउन नसकेपछि उनका पतिले आ’त्मह’त्या गरेका थिए । उनले बालबच्चाको पेट पाल्नका लागि छिमेकीहरुसँग ऋण पनि खोजेकी थिइन् । तर, कसैले ऋण नदिए पछि अन्नतः आफ्नै कपाल बेच्न बाध्य भएको जनाइएको छ ।

एक दिन त कपाल बेचरे बच्चालाई खाना खुवाइन तर भोलि फेरि के गर्ने भन्ने पिरलोले उनले आ’त्मह’त्या गर्ने निधो गरेकी थिइन । जसका लागि उनी विष किन्न पसलमा समेत पुगिन तर, पसलेले शंका लागेपछि उनलाई दिएनन् । खबर बाहिरिएपछि एक ग्राफिक डिजाइनरले उनको मद्दतका लागि सार्वजनिक अपिल गरेका थिए । जसबाट १ लाख ४५ हजार फण्ड जम्मा भएको थियो । उक्त रकम ती महिलाई प्रदान गरिएको छ । यसका साथै सलेम जिल्ला प्रशासनले समेत विधवा भत्ता पनि ती महिलाई प्रदान गरेको जनाइएको छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार २२:०३