कोरोना संक्रमणबाट मृ’त्यु भएकाका परिवारलाई एक लाख दिने

बुटवल। प्रदेश ५ सरकारले प्रदेशमा कुनै पनि ना’गरिकको कोरोना संक्रमणका कारण मृ’त्यु भएमा मृतकको परिवारलाई एक लाख रूपैयाँ रा’हत उपलब्ध गराउने भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृ’तकका परिवारलाई कोरोना भाइरस नि’यन्त्रण तथा उपचार कोषबाट एक लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको बै’ठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। प्रदेशका बाँकेमा र दाङमा श’ववाहन ख’रीद गर्न नेपालगञ्ज र तुलसीपुर उपमहानगरपालिका लाई १५-१५ लाख रूपैयाँ अ’नुदान उपलब्ध गराइने र ती उपमहानगरपालिका मा’तहत रहने व्यवस्था गरिएको छ।

श’ववाहनलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्र’खर क्या’न्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र दाङको बे’लझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको मृ’त्यु भएमा श’वको व्यवस्थापन गर्ने जि’म्मेवारी तो’किएको छ। यस्तै मन्त्रिपरिषद् बै’ठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार को’ष (स्थापना र सञ्चालन) नि’र्देशिका पहिलो सं’शोधन २०७७ लाई स्वी’कृत गरेको छ। सं’शोधित नि’र्देशिकामा कोरोना नियन्त्रणमा परिचालन हुने स्वास्थ्यकर्मी, सु’रक्षाकर्मीलगायत ज’नशक्तिको सेवासुविधाको व्यवस्था गर्नेसमेत नि’र्णय भएको भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले जानकारी दिए।

सं’शोधित नि’र्देशिकामा कोरोना भाइरसको परीक्षणका लागि प्र’योगशाला स्थापना तथा सञ्चालनमा लाग्ने आवश्यक उ’पकरण, औ’षधि, सामग्री, स्वा’ब संकलन तथा सञ्चालनमा आवश्यक खर्चका लागि बजेट व्यवस्थापन, कोरोना उपचारका लागि आ’इसोलेसन केन्द्रमा रहने लक्षण नदेखिएका को’रोना संक्रमित व्यक्ति, उनीहरूको उपचारमा सं’लग्न स्वास्थ्यकर्मी, सु’रक्षाकर्मीलगायतलाई खाना खर्चको व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिए। यस्तै बै’ठकले लैं’गिक स’म्पर्कविन्दु व्यवस्थापन र प’रिचालन का’र्यविधि २०७७ र प्रदेश बाल क्ल’ब स’ञ्जाल ग’ठन तथा स’ञ्चालनसम्बन्धी का’र्यविधि २०७७ समेत पा’रित गरेको जनाइएको छ। रासस

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार १३:४५