भेरी नदीमा घट्यो दु:खद घ’टना, तीन जनाको मृ’त्यु

डोल्पा। डोल्पाको भेरी नदीले बगाउँदा तीन बालिकाको ज्या’न गएको छ। मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ स्थित मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायत रहेका छन्।

उनीहरु गाईबस्तु चराउन गएका थिए। गाई भेरी नदी तरेर पारि जान खोजेपछि गाई फर्काउन नदीमा बस्दा बगाएको डोल्पाका डीएसपी नारायण रञ्जितकारले बताए।

उनीहरुमध्ये यशोधा भण्डारी र बिजय कठायतलाई २ किलोमिटर तल झारेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। उपचारका लागि जिल्ला अस्पताल लगिएको र केही समय पहिले अस्पतालले उनीहरुलाई मृ’त घोषणा गरेको डीएसपी रञ्जितकारले बताए। गंगा कठायतको श’व भने ५ किलोमिटर तल फेला पारेको थियो।

दुई जनाको श’व बगाउँदै गरेको प्रहरीले देखेको थियो। विमानस्थल सुरक्षाकार्ड जुफालको टोलीले देखेपछि थप टोली गएर बालिकाहरुलाई नदीबाट निकालेको हो। उनीहरुको उद्धारका लागि प्रहरी कार्यालयबाट २२ जनाको टोली खटिएको थियो।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार १८:४५