बस दु’र्घटनाका घा’इते भन्छन् : ‘बिस्तारै हाँक्नुस् भन्दा मानेन, को’रोनाको डर थियो, दु’र्घटनाले ज्या’न लियो !

काठमाडौं : को’रोनाको सं’क्रमणबाट जोगिन भारतबाट स्वदेश फिरेका युवा अनेक हन्डर खाँदै घर पुग्ने बेला दु’र्घटनामा पर्दा १२ जनाको ज्या’न गएको छ । मुुलुकमा हालसम्म ८ जनाको ज्या’न लिएको को’रोनालाई रोक्न जारी लक डाउनका कारण आवागमनको सहज सुविधा नहुँदा र राज्यले नागरिक सुरक्षामा पहल नगर्दा यो बी’भत्स दु’र्घटना भएको देखिन्छ ।

राज्यले बस्ने बास र जाने सुविधा दिन नसक्दा तीन दिनदेखिका भो’का र अनिँदा ती युवालाई एक निजी भ्यानले क्षमता भन्दा दोब्बर संख्यामा राखेर साविकभन्दा ‘चौबर’ भाडा लिएर उनीहरूको घरतर्फ लैजाँदै थियो । दाङका रामकुमार पुनलाई को’रोना सं’क्रमण को ड’र थियो । भारतमा म’जदुरी गर्ने उनी घर आउन चाहन्थे । ‘गाडी भाडा नभएर अ’लप’त्र परेको’ फोनमा दाइ रमेशलाई सुनाइरहन्थे ।

‘घरबाट पैसा पठाइदिन्छु, आइज भन्दा आएन,’ सोमबार भाइको श,व बुझ्न आएका रमेशले भने, ‘भारतमा रेल चलेपछि गाडी भाडा खोजेर आएको रहेछ ।’ चण्डीगढमा म’जदुरी गर्ने उनी साथीहरू सित सापटी मागेर आइतबार जमुनाहा नाका सम्म आइपुगेका थिए । ‘नेपाल आएपछि मलाई फोन गर्‍यो,’ उनले भने, ‘तर.., घर पुग्न पाएन ।’ आइतबार राति भएको दु’र्घटनामा रामकुमारले ज्या’न गु’माए ।

उनीजस्तै सं’क्रमणबाट बच्न स्वदेश फर्किएका धेरैको मृ,त्यु भयो । नाकाबाट स्वदेश फर्किएका विभिन्न जिल्लाका सर्वसाधारण बोकेर बा५ख ५९९५ नम्बरको फोर्स भ्यान (हायस) मध्यरात दाङतर्फ गइरहेको थियो । बि’ग्रिएर सडक किनारमा पार्किङ गरिएको सा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्कियो । प्रहरीका अनुसार घ’टनास्थलमै ११ जनाको ज्या’न गएको थियो । गाडीमा चालकका तीन जना साथी थिए, बाँकी २९ जना घर फिर्न आतुर युवा ।

मध्यरातमा भएको दु’र्घटनामा २१ जना घा’इते छन् । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । घा’इतेका अनुसार हायसको गति तीव्र थियो । ‘बेस्सरी कुदाएर होला, गाडीभित्रै रिं’गटा लाग्थ्यो, स्पिड कम गर्नुस् भन्दा मानेनन्,’ दाङ, तुलसीपुर–२, खैरी कोटका ३९ वर्षीय विष्णु गिरीले भने, ‘चालकको ला’परबा’हीले दु’र्घटना भयो ।’

यो पनि पढ्नुहोस

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार २१:२३