Breaking: थप २०१ जनालाइ कोरोना पुष्टि, संक्रमितको सङ्ख्या २३०० पुग्यो।

काठमाडौं : नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार देशभरमा २०१ जना संक्रमित थपिएको जानकारी दिएका छन्। बुधबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि अब नौ पुगेको छ। मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका एकजना पुरुषमा संक्रमण देखिएको छ। बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ।

त्यसैगरी ताप्लेजुङका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ। झापाका झापाका १ जना, पाँचथरका एकजनामा पनि संक्रमण देखिएको छ। सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै क्वारेन्टाइनमा छन्। नारायणी अस्पताल पर्सामा गरिएको परीक्षणमा पर्साकै ७ जना संक्रमित भेटिएका छन्। सुर्खेतमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका छन्। कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका छन्। उनीहरुमा झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, तेह्रथुम आठराईका १ जना, सुनसरीको बराहक्षेत्रको क्वारेन्टाइनमा रहेका १ जनामा संक्रमण देखिएको छ।

सेती अस्पताल धनगढीमा ५ जा पोजेटिभ भेटिएका छन्। जसमा कैलालीको गौरीगंगा र धनगढीका रहेका छन्। डोटीका पनि दुईजना पुरुषहरु संक्रमित रहेका छन्। उनीहरु २२ र २५ वर्षीय रहेका छन्। रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जना संक्रमित भेटिएका छन्। कपिलवस्तुको मायादेवी र शुद्धोदनका ६७ जना रहेका छन्। जसमा ११ देखि ३७ वर्षीयसम्म रहेका छन्। उनीहरुमा १० जना महिला रहेका छन्। १ वर्षीय बालकदेखि ८० वर्षीयसम्मका छन्। रुपन्देहीमै पाल्पाका २ जना संक्रमित भेटिएका छन्। रुपन्देहीको रोहिणी र मर्चवारका २६ जनामा पनि संक्रमण भेटिएको छ।

जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पाजेटिभ आएको छ। उनीहरु महोत्तरी मटियानीका रहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा दैलेखको दुल्लु र नारायणा नगरपालिकाका ६ रहेका छन् ।त्यसैगरी कालिकोटका महाबैका ७ जना रहेका छन्। राप्तीमा प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङसहितका ८ जनामा पुष्टि भएको छ। दाङका २ जना, प्युठानका १ जना, सल्यानका १ जनामा संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४२ जनमा संक्रमण देखिएको छ।

धनुषाका १ जना, कपिलवस्तुका २, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन्। त्यसैगरी नवलपरासीको पहलीनन्दन र बर्दघाटका ८ जना रहेका छन्। रौतहटका ११ जनामा पनि पुष्टि भएको छ। रुपन्देहीको मायादेवीका १ जनामा पनि संक्रमण देखिएको छ। सर्लाहीको रामविलाश प्रावि र जनता मावि हर्कटवका १५ जनामा संक्रमित भएका छन्। त्यसैगरी सिन्धुपाल्चेकको इन्द्रावतीका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।सिधाकुरा

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार १३:२१