बालुवाटारमा विज्ञसँग प्रधानमन्‍त्रीले गरे चार घण्टा छलफल, विज्ञले दिए यस्तो सुझाब

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रका विज्ञसँग बुधबार साँझ छलफल गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञसँगको छलफल चार घण्टासम्म चलेको थियो। ‘प्रधानमन्त्रीज्यूले आज आयोजना गर्नुभएको विभिन्न क्षेत्रका विज्ञसँगको परामर्श बैठक सम्पन्न भएको छ’, छलफलपछि थापाले भने, ‘करिब ४ घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएको छ।’

विभिन्न क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्तालगायत २५ जना सहभागी भएको थापाको भनाइ छ। बैठकमा विभिन्न क्षेत्रका विषय विज्ञसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागीता थियो। छलफलमा स्वास्थ्यविद् डा. समीरमणि दीक्षितले आफूले प्रधानमन्त्रीलाई परीक्षणको दायरा बढाउन सुझाव दिएको बताए ।“मैले प्रधानमन्त्रीलाई तपाइँले कोरोनाका सम्बन्धमा बोसीय तत्वको विषयमा दिएको धारणामा अध्ययन पुगेन भनेर भनेँ,” डा. दीक्षितले पत्रकारहरूसँग भने, “कोरोना सम्बन्धी तपाइँको अध्ययन पुगेन ।

सरकारले परीक्षणको दायरा बढाउनैपर्‍यो । सरकारी अस्पतालले नसके निजीलाई पनि परीक्षणको जिम्मा दिनुपर्छ ।”अर्का जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिए ।“लकडाउनलाई अनन्तकालसम्म लम्ब्याउन पनि सकिँदैन ।पहिलो चरणमा खाद्यान्न पसलहरु, सेवामूलक क्षेत्रहरु खोल्नुपर्छ । आर्थिक क्रियाकलाप पनि गर्न दिनुपर्छ,” उनको सुझाव थियो, “स्कुल कलेजहरु केही पछि खोल्दा हुन्छ । तर लकडाउनको अहिलेको मोडालिटी परिवर्तन हुनैपर्छ । अहिलेको अवस्था नफेर्ने हो भने अवस्था डामाडोल हुन सक्छ ।”

उनले अस्पतालमा कोरोना देखिनासाथ अस्पताल नै सिल गर्ने काम बन्द गरिनुपर्ने सुझाव दिएका थिए । क्वारेन्टाइनमा मान्छे मर्नु भनेको अत्यन्तै नकारात्मक सन्देश जानु भएकाले पहिले क्वारेन्टाइनको सुधार गर्नुपर्ने सुझाव दिएका थिए । उनले पनि परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएका थिए ।सिधाकुरा

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार १८:४६