बाँकेमा पनि पसलहरु खोल्न पाइने [सुचना सहित]

२१ जेष्ठ २०७७, बुधबार नेपालगञ्ज ।बाँके जिल्लामा पसल, व्यवसाय सञ्चालनमा आउने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय सर्वदलीय बैठकले नि’षेधाज्ञालाई खुकुलो गर्दै पसल, व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।पसलहरु खोल्ने दिन फरक फरक तोकिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार, सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावलाई ध्यानमा दिँदै प्रशासनले हरेक दिन ११ देखि तीन बजेसम्म फरक–फरक दिन फरक–फरक पसल खुल्ने निर्णय गरेको हो।

प्रशासनले निकालेको सूचना अनुसार आइतबार र बुधबार मोबाइल र इलेक्ट्रोनिक्स, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ र भाँडा पसल सञ्चालनमा आउने छन्। सोमबार र बिहीबार कपडा, फैन्सी, जुत्ता, चप्पल, कस्मेटिक, चश्मा, गरगहनाका पसल सञ्चालन हुनेछन्। मंगलबार र शुक्रबार अटो मोबाल्स, कोल्ड स्टोर, जुस, मोटरसाइकल, साइकल पसल र अन्य पसलहरु खुल्ला हुनेछन्। औ’षधी, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउबिजन प्रत्येक दिन खुल्ने प्रशासनले जनाएको छ।

प्रशासनले बैंकहरु सार्वजनिक बिदा बाहेक सबै दिन खुल्ला रहने, निर्माण कार्यमा संलग्न मजदुरहरुले साइकलबाट आवतजावत गर्ने, अत्यावश्यक कामका लागि बाहेक इ’रिक्सा, अटो र मोटरसाइकलको प्रयोगलाई नियन्त्रण गर्ने, अत्यावश्यक काममा घर बाहिर निस्किदा कोभिड १९ को संक्रमणबाट जो’गिन कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने तथा मास्क र से’निटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने, का’लोबजारी नियन्त्रण गर्न सम्बद्ध सबै नि’कायबाट बजार अनुगमन कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।सिधाकुरा

Loading...
प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार १९:१०