यस्तो देविको मन्दिर मनले मागेको पुरा हुनसक्छ !

यस्तो देविको मन्दिर जुन मन्दीरमा जे मनले माग्यो त्यहीँ पुरा हुने गर्दछ ! ॐ लेखि शक्दो शेयर गरौँ

डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् ।मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ ।

स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् । पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताएका छन् ।

आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उनको भनाइ छ । उनका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् ।

दैनिक पूजामा खटिने पुजारीले मासिक तलब रु पाँच सय र पूजा खर्च रु दुई हजार २०० पाउँछन् । मन्दिरमा प्रत्येक महिना सरदर रु दुई लाख भेटी सङ्कलन हुने गरेको पुजारी वज्राचार्यले जानकारी दिएका छन् ।विशेषगरी मङ्गलबार, बिहीबार र शनिबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । आफूले चाहना गरेको कुरा देवीसँग माग्दा पूरा हुने भक्तजनको विश्वास रहिआएको छ ।

करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा दैनिक बिहान बेलुका गरी पाँच सयदेखि छ सय दर्शनार्थी पूजाअर्चना गर्छन् । त्यसैगरी प्रत्येक वर्ष कुकुर तिहारका दिन यहाँ विशेष मेला लाग्ने गर्छ । नरिवल, लड्डु एवम् अन्य पूजा सामग्रीले पूजा गरिन्छ । मन्दिरमा बडादसैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ ।

बस्तीको बीचमा रहेको सो मन्दिर परिसरमा गर्मीमा पीपलको छहारीमा शीतलता लिने र जाडो याममा घाम तापेर न्यानो लिने खुला स्थान भएकाले पनि थकाइ मार्न र फुर्सदको समय सदुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् ।

यो पनि पढ्नुस

धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको दोलखाको भीमसेन मन्दिरमा व्यापारीको इष्टदेवताको रूपमा पूजा हुँदै आएको छ । काठमाडौँबाट करीब १४० किलोमिटर टाढा रहेको दोलखाको सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ रहेको सो मन्दिरमा पूजा गरेमा व्यवासायिक रुपमा सफलता प्राप्त गर्ने मान्यता छ । प्राचीन समयमा व्यापार गर्दा वन्यजन्तु, चोर डाकाको डर हुने हुँदा भीमसेनलाई स्मरण गरेमा भयमुक्त हुने जनविश्वास छ ।

व्यवसाय गर्दा बाधा, अवरोध, विभिन्न प्रकारका सङ्कटबाटमुक्त भई व्यवसाय सञ्चालन गरेमा नाफा प्राप्त हुने आशाकासाथ व्यापारीले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन् । सर्वसाधारणले भीमसेनको सामान्यदेखि ठूला ठूला पञ्चबलिका पूजासमेत गर्ने गरेका छन् । शिवशक्तिको रूपमा उक्त मन्दिरमा भैरव, भीमेश्वर, भीमसेनको पूजा गर्ने प्रचलन छ ।

शिवलाई महादेवका अर्को नामले चिनिन्छ भने भीमसेनलाई भैरवको रूपमा पशुबलिसमेत दिइन्छ । भीमसेन मूर्तिमा शिवशक्तिको रुपमा रुद्रीपूजासमेत गरिन्छ भने मनोकाङ्क्षा पूरा हुने विश्वासले बलि दिइन्छ । दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेकाअनुसार प्राचीन मन्दिर धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण रहेकाले यसको ऐतिहासिक पक्षलाई संरक्षण गर्न र आसापास क्षेत्रमा पूर्वाधार विकासका लागि प्रयास भइरहेको बताए ।

भीमेश्वर नगरपालिकामा रहेको भीमसेनको मूर्ति कहिले कसरी स्थापना गरिएको हो भन्नेबारे प्रष्ट आधार फेला परेको छैन् । किराँतकालीन समयमा स्थापना भएको अनुमान गरिएको छ । चिटिक्क परेको उक्त मूर्ति चिल्लो खरीको प्रस्तरबाट बनेकाले आकर्षित देखिन्छ । यसको विशेषता भनेको मुलुकमा विपत् आउन लागेको समयमा पूर्व सूचनाका रुपमा लिइएको छ । मूर्तिमा पसिना आएपछि विशेष प्रकारको पूजा गर्ने परम्परा छ ।

Loading...
प्रकाशित मिति २२ जेष्ठ २०७७, बिहीबार २१:५५