सशस्त्रले तोड्यो भारतीय एसएसबीको बर्षौदेखिको दादागिरी, आफ्नो जमिनमा नेपालीले खेति थाले

बेलौरी । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले जहिले पनि महाकाली नगरपालिका ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन(मगर)लाई आफ्नै खेतमा जोत्दा अवरोध गर्दै आएका थिए ।कहिले खेत जोत्न नदिने, कहिले अन्नबाली नष्ट गरिदिने, कहिले खेति गरिरहेकै अवस्थामा एसएसबीका जवान आएर अवरोध गर्दै आएका थिए । चार बर्ष अघि पनि हिउँदे बाली लगाउनका लागि खेत पसेका लक्ष्मणलाई एसएसबीले जोत्न दिएको थिएन्, गत बर्ष मसुरो लगाएको खेतमा भारतीय नागरिकले ट्याक्टर लगाएर नष्ट गरिदियो ।

हालै बर्खेखेतीका लागि जेठ दोस्रो साता खेत जोत्दा एसएसबीले अवरोध गरिदिएपछि कञ्चनपुरको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहु विवादित क्षेत्र पुगे ।बिहीबार बिहानै विवादित सीमा क्षेत्र पुगेको सशस्त्र प्रहरी बल कञ्चनपुरका कमाण्डर साहुले भारतीय सीमा सुरक्षा बल(एसएसबी), जनप्रतिनिधि एवं स्थानीयसंग घनिभूत छलफल गरेर बषौँदेखिको सीमा विवाद टुङ्गो लगाए ।भारतीय सीमा सुरक्षा बल (एसएसबी)का डेपुटी कमाण्डर महेश कनियाल सहितका पक्षसंग छलफल गरेर भारतीय पक्षबाट बषौँदेखि हुँदै आएको विवाद टुङ्गो लागेको हो ।

‘अब दशजगा क्षेत्र पुर्वतिर नेपालीले कमाउन पाउँछन्, ‘उनले भने, ‘लामो समयदेखिको विवाद टुङ्गो लाग्यो ।’१७ नम्बर सीमा पिलरको विच भागबाट विवादित क्षेत्रतिर नापजाँच गरेर दुवैतर्फ १०÷१०मिटर छाडेर नेपाल तर्फ नेपाली नागरिक र भारततर्फ भारतीय नागरिकले उपभोग गर्न पाँउनेछन । वार्ता लगत्तै लक्ष्मणले आफ्नो जमिन खनजोत गरेका छन् ।बषौँदेखि आफ्नै जमिन जोत्न नपाएपछि पीडित भएका नेपाली नागरिक लक्ष्मणले खुसी व्यक्त गरे ।‘ सशस्त्र प्रहरी बलले मेरो बषौँदेखिको विवाद टुङ्गो लगाईदियो ।’अव निर्वाधरुपमा खेत खनजोत गरेर उपभोग गर्ने उनले बताए ।

नेपाल भारतको सीमा पिलर नजिक लक्ष्मणको अढाईकट्टा जमिन छ । उक्त जमिनमा एसएसबीले खेतपाती एव खनजोत गर्न दिएको थिएन् ।यस अघि गत बर्ष उक्त खेतमा लगाएको मसुरो भारतीय नागरिकले ट्याक्टर लगाएर बाली नष्ट गरिदिएको थियो । तीन बर्ष अघि पनि भारतीय एसएसबीले लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो ।विस २०२४ सालदेखि बसोबास गर्दै आएका लक्ष्मणको परिवारले आफ्नो मातृभूमि निर्वाधरुपमा उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।महाकाली नगरपालिका जनप्रतिनिधि स्थानीय एवं सरोकारवाला पक्षले सशस्त्र प्रहरीको प्रसंशा गरेका छन् ।

विवाद विवादकै कारण नेपाली नागरिकले ज्यानै गुमाउनुपर्ने बाध्यता रहेको कञ्चनपुरमा उक्त विवाद सशस्त्र प्रहरीबाट समाधान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।भारतसंग सीमा जोडिएको कञ्चनपुरको १ सय २९. ५ किलोमिटर सीमा दुरी मध्ये सुन्दरगरको सीमा विवाद टुङ्गो लगाएसंगै यसरी नै सशस्त्र प्रहरीले अन्य क्षेत्रको सीमा विवाद टुङ्गो लगाउनुपर्नेमा जोडदिएका छन् ।सिधाकुरा

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार २१:१३