ट्याक्सीमा छुटेको १३ तोला सुन फिर्ता, चालकलाई सिक्री उपहार

काठमाडौं । सोमबार दिउँसो साढे १ बजे लक्की रिजाल लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्रा गर्दै थिइन्। गन्तव्यमा पुगेपछि उनी ट्याक्सीबाट ओर्लिइन्, तर ‘लगेज’ ट्याक्सीमै छुट्यो। रिजालले लगेज छुटाएको कुरा चालकले पनि झट्ट थाहा पाएनन्। रिजाललाई ट्याक्सीको नम्वर पनि थाहा भएन। रिजालले आफ्नो लगेज ट्याक्सीमा छुटेको भन्दै साढे ३ बजे ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन्। उक्त ट्याक्सीको ट्राफिक प्रहरीले खोजी गर्न थाल्यो। त्यत्तिकैमा ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्वर १०३ मा फोन आयो।

त्यो फोन गर्ने व्यक्ति उनै ट्याक्सी चालक थिए। बा२ ज ४०७१ नंको ट्याक्सी भाडामा चलाउँदै आएका बर्दिया गेरुवा गाउँपालिका ४ का नवीन सिग्देलले एक यात्रुको लगेज आफ्नो ट्याक्सीमा छुटेको ट्राफिक प्रहरीलाई जानकारी दिए। ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले छुटेकाे लगेजसहित चालक सिग्देललाई उपस्थित गरायो। रिजाललाई पनि सम्पर्क गरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले छुटेको लगेज हस्तान्तरण गरे। रिजालको लगेजमा एकदमै महत्वपूर्ण सामानहरु थियो। १३ तोला बराबरको सुनका गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकल कागजपत्रहरु लगेजमा थियो।

हस्तान्तरणपछि लगेज धनीले इमान्दारिताको प्रशंसा गर्दै एक थान सुनको सिक्री पुरस्कारस्वरुप चालकलाई प्रदान गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। “म आजै मात्रै अमेरिकाबाट आएको हुँ,” रिजालले भनिन्, “लाजिम्पाटमा सानो काम थियो, त्यहाँ पुगेर बाटोमा रहेको ट्याक्सीमा चढेर थापाथलीमा रहेको युरो किड्समा छोरालाइ भेट्न जाँदा झोला ट्याक्सीमै छोडेछौं ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार २१:२१