जाजरकोट घटनामा थप सात जना पक्राउ

जाजरकोट घटनामा थप सात जना पक्राउ

जाजरकोट, २३ जेठ : गत जेठ १० गते भएको सोती घटनामा संलग्न आरोपमा बिहीबार थप सात पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरेको हो । यसअघि वडा नम्बर-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।

पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकामा १८ जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने दुई जना अझै फरार छन् । प्रहरी स्रोतका अनुसार बिहीबार अनुसन्धानको क्रममा थप सात जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुको नाम, ठेगाना खुलाइएको छैन ।pnpkhabar बाट

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार २१:५२