आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ

आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ

आमा’ भन्ने शब्दनै कति प्यारो छ । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्व-र्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ । आउनुहोस् आज आमाको बारेमा केहि मिठा भनाईहरु जानौ :

१. जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।

२. म र्नको लागी त धेरै बाटोहरु छन् तर जन्म लिनको लागी एउटा मात्र बाटो छ, त्यो हो आमा ।

३. आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ ।

४. आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन

५. आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।

६. म रातभर स्वर्गको आनन्द उठाईरहे, जब निन्द्रा बाट ब्युजिए तब थाहा भयो म त आमाको अंगालोमा निदाएको रहेछु ।

७. माथि जसको कहिल्यै अन्त्य हुदैन त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुदैन उसलाई आमा भनिन्छ ।

८. तपाईलाई थाहा छ कि प्रेम अन्धो किन हुन्छ किनकि तपाईको आमाले तपाईलाई देख्नु भन्दा पहिल्यै प्रेम गर्न सुरु गरेकी थिइन् ।

९. हजारौ दियो चाहिन्छ एउटा आरती सजाउनको लागी, हजारौ खरबौ थोपा चाहिन्छ एउटा समुन्द्र बन्नको लागी तर एउटी आमा मात्र काफी छिन् हाम्रो जीवनमा माया भर्नाको लागि ।

१०. हरेक सम्बन्ध बनावटी देखे, स्वार्थ, रिस-राग, बदला र धोकाधडी देखे तर बर्षौ देखि हेरिरहेको छु मेरी आमालाई, नत मायामा बनावटी पाए न त्यस मायामा कुनै कमी पाए।

११. तिम्रो लागी यो दुनिया त छोडी दिउला तर उसलाई के जवाफ दिउ जो हरेक दिन ढोकामा उभिएर भन्छिन्, “छोरा घर छिटै आइज है” भनेर ।

१२. आज रातभर आमा सुत्नुभएको छैन बस मैले यति भनेको थिए कि आमा मलाई डर लागेको छ ।

१३. मैले आमाको काधमा शिर राखेर सोधे, आमा मलाई कहिलेसम्म यसैगरी आफ्नो काधमा सुत्न दिनुहुन्छ ? तब आमाले भन्नुभयो, छोरा जबसम्म तैले मलाई आफ्नो काधमा उठाउदैनस तबसम्म ।

१४. आमाले सबैको ठाउ लिन सक्छीन तर एउटी आमाको ठाउ कसैले लिन सक्दैन ।

आमालाई सृष्टि भनिन्छ । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्याईन् । सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन। आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार २१:५७