वडाध्यक्षको चाला : राज्यकोषको बजेट हालेर आफ्नै नामको बाटो

उदयपुर, २४ जेठ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षले आफ्नै नामको बाटो बनाउन राज्यकोषको बजेट बिनियोजन गरेको खुलेको छ ।वडा अध्यक्षको नाम निर्मल चौधरी रहेको र उनले आफ्नै नामबाट बाटोको नाम निर्मल मार्ग राखी गत आर्थिक बर्ष ७६/७७ को बजेटबाट रकम विनियोजन गरेको खुल्न आएको छ ।बिनियोजन गर्ने बेलामा यस बिषयमा स्थानीयले आपत्ति जनाएको स्थानीयवासी प्रबेश खड्काले बताउनु भयो । गाउँमा वडाध्यक्षको नाममा मार्ग बनाउने कुरा राम्रो नहुने भन्दै स्थानीयले आवाज उठाएको तर अध्यक्षले कुनै सुनुवाईनै नगरेको पनि उहाँले बताउनुभयो ।

उक्त मार्गको निर्माणको लागि १ लाख बजेट नै छुट्टयाएर भर्खर मात्र काम सम्पन्न गरेको पनि खड्काले जानकारी दिनुभयो । देश संघीयताको अभ्यासमा रहेको बेला गाउँ गाउँमा सिंह दरबार आउला भन्ने आशा गरेका जनताले जन प्रतिनिधिहरुको चाला देख्दा आफूहरुमा निराशा छाएको स्थानीयवासी नरबहादुर खड्काले बताउनुभयो ।लालपत्ता नाम रहेको गाऊँमा अध्यक्षले आफ्नो नामको मार्ग (बाटो) मा सरकारी बजेट हालेर काम गर्नु गलत भएको निष्कर्ष निकाल्दै स्थानीयवासी त्रियुगा नगरपालिकामा उजुरी दिने तयारी गरेका छन् ।

सिधाकुरा

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २४ जेष्ठ २०७७, शनिबार १९:१४