बीबीएस चौथो बर्षमा अध्यनरत कम’ललाइ लकडा’उनको बेला आइ’लाग्यो ठुलो बज्रपात !

काठमाडौं। कोहलपुर नगरपालिका १२ – निबुवाका युवा कमल शाहीको आफ्नै घर नजिक सिमलको हागा भाचिएर टाउकोमा लाग्न पुगि दु’खद दुर्घ’टना हुन पुगेछ । निम्न मध्यम परिवारमा जन्मेका उनी पढाइमा सधै अब्बल रहदै आएका छन । अहिले कोहलपुरकै केएमसी मा बीबीएस चौथो बर्षमा अध्यनरत उनी अत्यन्त अनुशासित ,मिलनसर अनि सबैका प्रिय छन।

दुर्घट’ना पछि अचेत अवस्थामा रहेका उनिलाइ कोहलपुर मेडिकल कलेजको भेन्टिलेटमा राखी पाच दिन उपचार गरिएको तर कुनै प्रगती नदेखेकोले तुरुन्तै थप उपचारको लागि काठमाडौको ग्रान्डी हस्पिटलको सघन उपचार कक्षमा राखिएको छ । सिमलको रुखको हाँगोले टा’उको लागि गम्भी’र घा’इते भएका शाही एक हप्तादेखि अ’चेत रहेका उनको कोहलपुरमा उपचार हुन नसकेपछी हेलिक्पटर मार्फत उनलाई काठमाण्डौ स्थित ग्रान्डी अस्पतालमा पु¥याइएको हो।

दैनिक एकलाख रुपैया भन्दा बढी उपचारमा खर्च भइरहेको अहिलेको दु’खद अवस्था छ । यी प्रतिभाशाली कमल शाहीको जिवनरक्षाको लागी उपचार कोश खडा गरिएको रहेछ । कोहलपुर नगरपालिका १२ का सायित्यकार केशव शाही निमेषका भाई कमल शाही विद्यालय तहदेखि नै होनहार विद्यार्थीका रुपमा आफ्नो परिचय बनाउँदै आएका अनुशासित तथा लगनशील युवा हुन् । आर्थिक अवस्था कमजोर रहेको र वर्तमान संकटका कारण एक होनहार युवाको स्वास्थ्य सङ्कटमा पर्ने देखिएकोले निजको उपचारमा सहयोग मिलोस् भन्ने हेतुले लेखक तथा अध्यापक संजीव पंगेनीको संयोजकत्वमा उपचार समिति निर्माण गरी “कमल बचाऔं अभियान“ सुरु गरिएको कोहलपुरका साहियत्यकार महानन्द ढकालले जनाएका छन्।

सहयोगको लागि ‘कमल बचाऔं’ अभियान सुरु गरेपछि बिभिन्न ठाउँबाट केहि रकम उठेको छ । चपरगौढ़ी घर भै हाल इजरायलमा रहेका दिपक छेत्रीले सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, मेरा सम्पूर्ण साथीभाइ , दिदिबहिनी अनि परिचित अपरिचित सबैलाई उनिको उपचार प्रक्रियामा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्छु । सानो सहयोगले ती प्रतिभाशाली युवकको ज्यान बच्न सक्नेछ , मानवता बच्न सक्नेछ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २४ जेष्ठ २०७७, शनिबार २१:५८