आषाढ ११ गते बिहिबार ई. स. २०२० जुन २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

वि.सं.२०७७ असार -११,बिहीवार, ई.सं.२०२० जून-२५ , शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-चतुर्थी , ०८:४४ बजे उप्रान्त पञ्चमी,नक्षत्र-अश्लेषा , १३:०० बजे उप्रान्त मघा,योग-हर्षण , ०८:०४ बजे उप्रान्त वज्र, करण-भद्रा ०८:४४ बजेदेखि वव , १९:५३ बजे उप्रान्त गर,चन्द्रराशि-कर्कट,आनन्दादि योग-अमृत, सूर्योदय-५:११, सूर्यास्त-१९:०१, दिनमान-३४ घडी ३५ पला,भूमि पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य समस्याले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिस सँग मनमु’टाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा सुधार हुनेछ । व्यावसायबाट न्यून नाँफा कमाउँन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलामा जमघट भाई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । दिउसोका समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ । अन्य कामको बोझले पढाई लेखाई प्रभावित हुनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ। अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन्।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । मध्यान्हबाट खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपाचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

समस्या तथा चु’नौतिहरुको सामना गर्नुपर्दा मानशिक त’नाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

प्राबिधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । साझपख समय मध्ययम रहेकोले काम गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । बिहानको सयम मध्ययम रहेकोले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । व्यापारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

बिहानको समय राम्रो रहेकोले अध्ययन अध्यापनमा राम्रो प्रगती गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुको लागी समय उत्तम रहेकोछ। मध्यान्हबत्राट समयमा सजक नबन्दा कामहरु बिग्रनेछन् भने प्रतिष्पर्धिहरु हरेक क्षेत्रमा हावि हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्प’र्धिहरु हावि हुनेछन् भने सत्रु लाग्न खोज्नेछन् । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ।

Loading...
प्रकाशित मिति १० असार २०७७, बुधबार १९:०४