अंगीकृत नागरिकतामा संवेदनशील नभए क्षेत्री समाजले आन्दोलन गर्ने

काठमाडौं। क्षेत्री समाज नेपालले अंगीकृत नागरिकताका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै समाजले विवाह गरी आउने वैदेशिक नारीलाई कम्तिमा पनि ७ वर्ष पछिमात्र नागरिकता प्रदान गर्न माग समेत गरेको छ।

समाजका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षत्री र महासचिव केशबहदुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकता जस्तो संवेशनशिल विषयमा राजनीतिक पार्टीहरुले आफ्ना स्वार्थसिद्धका लागि प्रयोग गरेको आरोप लगाएको छ।

‘यति बेला नेपाली नागरिकताको सन्दर्भमा नागरिकता विधेयक संसदमा प्रस्तुत हुने अवस्था छ। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच मतैक्य हुन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सत्तासीन दल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष अवधी राख्नुपर्ने निर्णयमा पुगेको छ भने प्रतिपक्ष दलहरु विहे गर्ने वित्तिकै नागरिकता दिनुपर्ने जिकिर गर्दै आएका छन्।’

क्षेत्री समाजले मुलुकको हितराई दृष्टिगत गरी नागरिकता जस्तो संवेदनशील विषयलाई मध्यनजर गर्दै नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलालाई विहे गरेको सात वर्षपछि मात्र नागरिकता दिन माग पनि गरेको छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

Loading...
प्रकाशित मिति १० असार २०७७, बुधबार १९:५७