बादीको वेदना : एक टुक्रा जमिन छैन, कसरी जीविका गर्ने?

असार १९, २०७७ जाजरकोट : नदीको किनारमा सानो खरले छाएको घर! घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकी साँझसम्म १३ वर्षीय छोरा रमण बादीको साथमा कुशे गाउँपालिका –५ साँधिबिसौनाका गणेशबहादुर बादी पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो। जेठो छोरा भर्खरै जन्मिएको थियो माछा मार्ने काम बन्द गरी फलामबाट भाडा बनाउनतर्फ लागेँ गणेशले भने, ‘माछा मारेर परिवार पाल्न नसक्ने अवस्था आएपछि फलामको भाँडा बनाएर परिवार पाल्ने विकल्पको खोजी गरेको हुँ। अहिले मेरो घरमा ६ जना छोरा, छोरीसहित ८ जना छौँ। पेशा बदले पनि गणेशको समस्या अझै हल भएको छैन। उनको एक तलाको खरले छायको कच्ची घर छ। जुन घर निर्माण गरी गणेश बसिरहेका छन्, सो घर निर्माण गरेको जग्गासमेत उनको नाममा छैन। अन्य जग्गाको कुरा त सपना जस्तै भइसक्यो। ऐलानी जग्गामा एक तले कच्ची घर निर्माण गरी बसेका गणेस ८ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुन्। वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमतीको दिन बित्ने गर्छ। छिमेकीको घरमा साना, छोरा,छोरीलाई मीठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोरा,छोरीलाई दिई प्राण बचाउनु परेको बाध्यता फूलमायकाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । छोरोछोरीलाई आधा पेट दुब्ला, पातला देखिने स-साना बालबालिकाहरुले पूरै पेट खाना नपाएको बताएका छन्। बिहान खाए बेलुकी के खानो भन्ने चिन्ताले सताउने गर्छ फूलमायाले भनिन्, ‘गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन। सरकारले आधा तलो कच्ची घर बनाईदिएपछि बास बसेका छौँ।’ फुलमायालाई छोरा, छोरी पढाउने इच्छा भए पनि कपडा किन्ने , कापी कलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाइन्। फलामको भाँडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल भएको गणेशले गुनासो सुनाए। पुर्ख्यौली पेसा छाड्न बाध्य यस्तै, गाउँ, गाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुर्ख्यौली पेशा छाड्न बाध्य अर्का कर्णबहादुर बादीले पीडा पोखे। ‘मादल बनाउन काठ चाहिन्छ तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैनन् अनि हाम्रो पेशा कसरी चल्छ?’ कर्णले भने। आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाइ छ। पुर्खेर्ली पेशा माछा मारेर , मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छोड्न बाध्य भएको बताएको उनको भनाइ छ। ३० परिवारको आफ्नो जमिन छैन उनीजस्तै कुशे गाउँपालिकामा मात्र ३० घर भन्दा बढी बादी समुदायका मानिसहरुको बसोबास छ। कसैको पनि आफ्नो जमिन छैन। सुरुमा रुकुम पश्चिम आठबीसकोटको राडीमा बसोवास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारणहरू कुशे गाउँपालिकामा आएको करिब दुई दशक बितेको छ। आफ्नो निजी जमिन र सम्पती नभएका बादी समुदायका सर्वसाधारणहरु जीवन निवाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले संर्घषमा रहेको बताएका छन्। स्थानीय सरकारसँग आशा यहाँका बादी समुदायहरूलाई स्थानीय सरकारले आयआर्जनमा केही योजना ल्याएर श्रम गर्ने वातावरण मिलाइदेला कि भन्ने आशा छ। नलगाड नगरपालिका –७ दल्लीमा रहेका बादी समुदायलाई स्थानीय सरकारले जीविकोपार्जनका लागि आधार तयार गरेको नगरप्रमुख टेकबहादुर रावल बताउँछन्। ‘अब सबै बदलिनुपर्छ, सधैँ एकै काम गरेर हुँदैन’ नगरप्रमुख रावलले भने, ‘सीपमूलक कामका लागि बजेट दिएर हामीले बादी समुदायका साथीहरुलाई दुई वर्षदेखि सहयोग गर्दै आएका छौँ।’

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ०८:४०