अमेरिकामा हालसम्मकै धेरै कोरोना संक्रमित, एकै दिनमा थपिए ५५ हजारभन्दा बढि

१९ असार, काठमाडौंः अमेरिकामा एकै दिनमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा एकै दिनमा थप ५५ हजार कोरोना संक्रमित फेला परेका छन् ।

सामाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा एकै दिनमा ५५ हजार कोरोना संक्रमित फेला परेका छन् । यो संख्या आजसम्मकै सबैभन्दा धेरै संख्या हो ।

बिहिबार एकै दिनमा थप ५५ हजार २ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन् । अमेरिकामा हालसम्म थपिएका संक्रमितमध्ये यो संख्या सबैभन्दा धेरै रहेको छ ।

 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ०८:४२