कुवेतबाट आएको निगमको वाइडबडीमा चरा ठोक्कियो, तत्काल उडाउन नमिल्ने

काठमाडौं, असार १९-नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । कुवेतबाट आएको ए ३३० कलसाइनको एयरबसमा बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको हो ।

जहाजमा चरा ठोकिँदा मानीवय क्षति नभएपनि जहाज ग्राउन्डेड भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए। निगमको इन्जिनियरिङ विभागले क्षतिबारे अध्ययन गरिरहेकाले मर्मत गरी पुनः उडान गर्न केही दिन लाग्ने उनले बताए ।नेपाल समाचारपत्रमा खबर छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले भने– ‘हामीले अहिले ३३० जहाजमार्फत विदेशबाट यात्रु ल्याइरहेका छौं । यो जहाज ग्राउन्डेड भएपछि उडान तालिका केही प्रभावित हुन्छ ।

तथापि, हामीसँग ३३० अर्को पनि जहाज भएको हुँदा उडान तालिका मिलाउन सकिन्छ । रियादलगायतका २÷३ उडान प्रभावित हुन सक्छ । ’

 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ०८:४५