यि कुख्यात अपराधिले गरे पक्राउ गर्न आएका ८ प्रहरीको ह’त्या

एजेन्सी, १९ असार । एक अपराुधीले आठ प्रहरीको नि र्म म ह त्या गरेका छन् । उनलाई पक्राउ गर्न गएका सबै प्रहरीलाई उनले मा’रि दिएका हुन् ।

भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अ’परा’धमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका ह ति या र धारीहरुले आ क्र म ण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ ।

सो घटना शुक्रबार बिहान सबेरै भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ । विकास दुवे नाम गरेका लामो समयदेखि अप’रा’धमा संलग्न रही आएका भनिएका ती व्यक्तिको घरमा उनीसहित अरु पनि केही अ’परा’धी रहेको भन्ने आशंकामा प्रहरीले शुक्रबार बिहान उनको घर घेरा हालेको थियो ।

तर सोही क्रममा सो घरभित्र रहेको आशंका गरिएका ती व्यक्तिले नै गो ली चलाएका थिए । गो ली लागेर प्रहरीका एक डिएसपी देवेन्द्र मिश्रसहित आठ जना प्रहरीको घटनास्थलमै ज्यान गएको बताइएको छ । शुक्रबारै बिहान सो क्षेत्रमा उत्तर प्रदेश प्रहरीका प्रमुखसहितको ठूलो संख्याको प्रहरी घटनास्थलमा पुगेको बताइएको छ ।

उनीहरुले घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको बताएका छन् । त्यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाउने प्रहरी अधिकारीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले उक्त घटनाको गहिरो अनुसन्धान गरेर दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न उत्तर प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको समाचारमा जनाइएको छ ।

 

 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ०८:५९