पछिल्लो अवस्था बुझ्न सेना प्रमुखसहित भारत-चीन विवाददित भूमि लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन् । स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उनी पछिल्लो अवस्था बझ्न भारत-चीन विवाददित भूमि लद्दाख पुगेका हुन ् । आज बिहान लद्दाख पुगेर सैनिकहरुसँग त्यहाँको पछिल्लो अवस्थाबारे मोदीले जानकारी लिएको बताइएको छ ।

केही हप्ताअघि त्यस क्षेत्रको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच सीमा विादकै कारण झडप भएपछि मोदी पहिलो पटक त्यस तर्फ गएका हुन् । झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो । भारतका केही सैनिकहरुलाई नियन्त्रणमा लिएको चिनले ३ दिनपछि निस्शर्त छाडिदिएको थियो ।

 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १०:०६