सुदुपश्चिममा भयावह बन्दै कोरोना, आज थपिए ३९ संक्रमित

१९ असार, काठमाडौंः नेपालमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । नेपालको सुदुरपश्चिम प्रदेशमा पनि दैनिक रुपमा थुप्रैको संख्यामा कोरोना संक्रमित थपिरहेका छन् । आज आज शुक्रबार पनि सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका अनुसार सुदुरपश्चिम प्रदेशको धनगढीमा भएको परीक्षणमा थप ३९ जनामा कोरोना संक्रमण भएको पुष्टि छ । संक्रमणको पुष्टि हुनेमा ९ महिला र ३० पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

थपिएका सुंक्रमितहरु कैलालीका १३ जना, कञ्चनपुरका ७ जना, बैतडीका ४ जना, अछामका २ जना, बझाङका १ जना र डोटीका १२ जना रहेको अस्पतालले बताएको छ ।

 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १०:१७