नेपालमा बढाईयो कोरोना परिक्षणको दायरा, यी मानिसहरुको पनि कोरोना परिक्षण गरिने

१९ असार, काठमाडौंः नेपालमा कोरोना परिक्षणको दायरा बढाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षणको दायरालाई झन फराकिलो बनाईएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलम प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना परिक्षणलाई थप फराकिलो बनाईएको बताएका हुन् । उनका अनुसार अबदेखि क्यान्सर तथा मधुमेहका बिरामीको पनि कोरोना परिक्षण हुने छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार आजबाट आपतकालीन र आईसीयूमा बसेका बिरामी तथा पकेट क्षेत्रमा बसोबास गर्ने मानिसको पनि परिक्षण गरिनेछ । त्यस्तै, कोरोना संक्रमणको नियन्त्रण, रोकथाम तथा निदानका लागि अग्रपंत्तीमा खटिएका स्वास्थ्यकर्मीको पनि कोरोना परिक्षण गरिने मन्त्रालयले बताएको छ ।

त्यस्तै, मन्त्रालयका प्रवक्ता गौतमले बताए अनुसार क्लिनिकल समन्वय समितिको बैठकले सरकारी, सामुदायिक तथा निजी अस्पतालमा उपचार गर्ने व्यवस्था समेत मिलाईएको छ ।

 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १२:१२