न’सालु पदार्थ खाएर महिलालाई च्या’प्प समातेको होइनः नेकपाका नेता पराजुली

काठमाडौं । सुशील कोइराला प्राधनमन्त्री भएका बेला तत्कालीन एमालेको तर्फबाट हरि पराजुली कृषि मन्त्री थिए । मन्त्री भएका बेला असार १५ गते धान दिवसका अवसरमा एक महिलालाई ज बर ज स्ती समातेपछि विवादमा आएका थिए । धेरै आलोचना भएपछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । पाँच वर्ष अगाडिको यो घटना असार १५ गतेका दिन सधै सामाजिक सञ्जालमा त्यस बेलाको भिडियो भाइरल हुने गरेको छ । हरि पराजुलीसँग जनता जान्न चाहन्छन् कार्यक्रममा गरिएको कुराकानीको सम्पादित अंश –

कृषि मन्त्रीबाट राजीनामा दिएपछि विगत पाँच वर्षदेखि के गरेर बस्नुभएको छ ?

म पार्टीमा काम गरिरहेको छु । पार्टीले खटाएको कामहरूमा काम गरेको छ । पार्टीको केन्द्रीय सदस्यको हैसियतमा पार्टी जिम्मेवारी पूरा गर्दै छु एकातिर । अर्कोतर्फ अखिल नेपाल किसान महासंघको संयोजक भएर किसानहरूका मुद्धाहरूलाई अगाडि बढाउने, उनीहरूका हकअधिकार निमित्त पैरवी गर्ने कामहरूमा म आफ्नो योग्यता र क्षमताले भ्याएसम्म नेतृत्व गर्दै छु ।

पाँच वर्ष अगाडि मन्त्री भएका बेला एक जना महिलालाई दु’र्व्युवहार गरेको सहि हो ?

त्यो कुरा गलत हो । ती आमाले आएर पत्रकार सम्मेलन गरेर भन्नुभयो त्यो भिडियो बनाउने पत्रकार मेरासामु आएर भन्नु पर्‍यो भन्नुभयो । यसरी मान्छेको चरित्र ह त्या गर्न पाइन्छ रु भनेर पनि भन्नुभयो ।

त्यस बेलाको वास्तविकता के हो रु धान दिवसको दिन तपाईको लागि कालोदिन हो नि रु असार १५ गतेको का ण्डले तपाईले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो नि ?

कालोदिन केही पनि होइन । हल्ला बढी गरिसकेपछि म एउटा राजनीतिकर्मी भएकोले मन्त्री पदबाट राजीनामा दिएको हो । राजीनामा दिएपछि समस्या समधान हुन्छ । सार्वजनिक पद भएको कारणले गर्दा हल्ला गरिएको हो । आम किसानहरू हरेक खेतमा हलीहरूसँग खेतालाहरूसँग असार १५ भनेको हिलो खेल्ने दिन नै हो ।

हिलो खेल्ने दिन त हो । तर, महिलासँग खेल्न दिन त होइन नि ?

महिला, पुरुष सबै खेल्छन् ।

तपाईले महिलालाई च्या प्प समात्नु भयो नि ?

कुनै दु’व्र्यव’हार होइन । समातेकै होइन । उहाँले आशीर्वाद दिन्छु भन्नुभयो । ल आशीर्वाद दिनुस् आमा भनेको हो । क्यामरामेनले आफ्नो करामत देखाएको हो ।

महिलाप्रति तपाइको मोह र कु–दृष्टि होइन ?

कुनै कु–दृष्टि होइन । कुनै गलत नियत होइन । महिलालाई सम्मान गर्नुपर्छ । म लामो समय माक्र्सवादी अध्ययन गरेर आएको हुँ । साइन्सको विद्यार्थी हुँ । कम्युनिस्ट आन्दोलनमा लागेका हुँ । आज लागेको होइन । ०२९ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यार्थीकालबाट संगठित हुँदै बीएस्सी गरेको मान्छे जागिर नखाएर पूर्णकालीन कार्यकर्ता भएर हिँडेको मान्छे हो ।

हरि पराजुलीले ह’र्कत गरे भने समाचार बाहिर आयो ?

मिडियाहरूले गरे । मन्त्री भएको बेलामा मिडियामेनहरूका धेरै चाहनाहरू हुन्छन् । उनीहरूका चाहना मन्त्रीहरूले पूरा गर्न सक्दैनन् । कति लिगल हुन्छन् । कति इ’ल्लि’गल हुन्छन् । विज्ञापनका नाममा । कहिले केका नाममा ।

हिलो खेल्दा पनि महिलातिर दुष्टि जानुपर्छ र भन्यो रु पुरुषसँग खेलेको भए हुने थिएन र ?

त्यसभन्दा पहिला महिला दिदीबहिनीहरूले खेतमा हिलो छ्यापा छ्याप गरेर मलाई ल’डा’उनुभयो । त्यो दृष्य देखाइएन । जब म नहुउन भनेर आइरहेका बेला एकजना आमाले मन्त्री हेर्न आएको, खै मन्त्री कता गए भनेपछि मैले नै मलाई बाँदर जस्तो बनाएका छन् भनेर आशीर्वाद दिनुस् भनेर म निहुरिएको अनि त्यही निहुरिएको कुरालाई लिएर अ’भद्र ग¥यो भनेर भनियो । अरु केही पनि होइन ।

निहुरिँदा के गर्नुभयो तपाईले ? तपाईको टाउको कहाँ गएर ठो’कियो ?

निहुरिँदा केही पनि गरेको होइन । ल आमा आशीर्वाद दिनुस् भनेको हो । मेरो टाउको ठ/क्कि’एको होइन । तपाईको क्यामराले गरेको हो । महिलामाथि मेरो कुनै गलत नियत छैन ।

त्यो दिन तपाईले कुनै न’शा’लु प’दार्थ खाएर जानु भएको थियो ? असार १५ गते आउनेवित्तिकै हरि पराजुलीको नाम जोडिन्छ नि ?

केही पनि खाएको थिएन । मेरो नाम जोड्ने कुरा तपाईहरूले हो । नाम जोडिहाल्नु पर्ने कुन ठूलो कुरा हो र ? तर, मिडियाका साथीहरूले मेरो नाम जोड्नु हुन्छ ।

विवादमा परेर तपाईले मन्त्री पद छाड्नु पर्‍यो नि ?

विवाद त मिडियाले गरेको हो नि । विवाद हामीले गरेको होइन । हरिबोल गजुरेलले गमलामा धान रोप्नु भयो । के बिगार्नुभयो ? मिडियाले गजुरेलको पनि खिल्ली उडाउनुभयो । मिडियालाई के प्राप्त हुँदैन अनि एउटा मन्त्रीको पछाडि लाग्छन् ।

कानूनमन्त्री शेरबहादुर तामाङले महिलालाई अ’पमान ग¥यो भनेर मिडियाले राजीनामा दिने गराए । जसले मिडियावालाहरूलाई घाँस हाल्दैन त्यसलाई ल’खेुट्न थाल्छन् । धेरै पत्रकारले पत्रकारको कार्ड देखाएर काठमाडौंमा घर बनाएर बस्ने धेरै छन् । नेपालका कुनै पनि मिडिया हाउस स्वतन्त्र छैनन् ।

नेपालका नेताहरूको नाम महिलासँग जोडिएपछि पद खतरामा पर्छ किन हो ?

पत्रकारले कुरा उठाउँदा सम्वेदनशील विषयबाट उठाउँछन् । लैङ्गिक हिँ’साको विषय हो । यस्ता विषय उछाल्दिउँ कि जसमा कसैले पैरवी गर्न सक्दैन । पैरवी गर्न सकेन भने राजीनामा दिने ।

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १२:१६