पुर्व युवराज पारस सत्याग्रहीलाई भेट्न पुगे ह्याम्स अस्पताल

काठमाडौं, १९ असार । कोरोना भाइरस नियन्त्रणमा सरकारले राम्रो काम नगरेको भन्दै अनसनमा बसेका सत्याग्रहीलाई भेट्न युवराजधिराज पारस अस्पताल पुगेका छन् । उनले शुक्रवार अस्पतालमै पुगेर उनीहरुलाई भेटेका हुन् । सत्याग्रहमा बसेका इशान अधिकारी र पुकार बमलाई अस्पतालमै पुगेर पूर्व युवराज पारसले भेट गरेका हुन् ।

इनफ इज इनफ अभियानका अधिकारी आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा बसेका थिए। कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनी सत्याग्रहमा बसेका हुन्

बिहीबार उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि राजधानीको मण्डिखाटारस्थित ह्याम्स ‍अस्पताल पुर्‍याइएको थियो। अर्का सत्याग्रही पुकार बम पनि अस्वस्थ भएपछि उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

अस्पताल पुगेका युवराज शाहले अधिकारीका बुवाआमासँग पनि भेटघाट गरेका थिए । उनले सत्याग्रहीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । लकडाउनका समयमा लामो समय पोखरा बसेका पूर्व युवराज पारस बिहीबार मात्रै काठमाडौँ आइपुगेका हुन् ।

कोरोना भाइरस नियन्त्रणमा सरकारले राम्रो काम नगरेको भन्दै अनसनमा बसेका भेट्न प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेर उनीहरुका स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

पाटनमा सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली विहिवार पत्नी सहित अस्पताल पुगेका थिए । मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटल पुगेका उनले केहीबेर सत्याग्रहीसंग कुराकानी समेत गरेका थिए ।

गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ई र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो।

अभियन्ताहरुलाई हस्पिटल लगिएको करिब ३० मिनेटपछि ओली उनीहरुलाई भेट्न पुगेका हुन्। हाल एमर्जेन्सीमा रहेका पुकार र ई सँग प्रधानमन्त्रीले कुरा गरिरहेको इनफ इज इनफले जनाएको छ। प्रधानमन्त्री नै अस्पताल पुगेर सत्याग्रहीहरुको बारेमा बुझ्न आउनु सकारात्मक रहेको इनफ इज इनफले बताएको छ।

उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्। अभियान्ताहरूका अनुसार प्रधानमन्त्रीले वार्ता टोली बनाएर भोलि नै सम्वादमा आउन आग्रह गरेका छन् । र, त्यसअनुसार वार्ता टोली गठनबारे छलफल सुरु भएको छ ।

कोरोना संक्रमणको जाँच पीसीआर विधिबाटै गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै ‘इनफ इज इनफ’ अभियान सुरू भएको थियो । सामाजिक सञ्जालबाट सुरू भएको अभियानकै आहृवानमा देशभर प्रदर्शन भयो । तर सरकारले माग सम्बोधन नगरेको भन्दै ईस्, पुष्कर बम, सुदन गुरुङ र सुवानी सिंजापति असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।

 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १२:२९