आज बुलबुलकी हिरोईन स्वस्तिमा खड्काको जन्मदिन, दिनुहोस शुभकामना

२० असार, काठमाडौंः आज नेपाली चलचित्रकी प्रतिभाशाली अभिनेत्री स्वस्तिमा खड्काको जन्मदिन रहेको छ ।

नेपाली चलचित्रकी निकै प्रतिभाशाली तथा चर्चित अभिनेत्री स्वस्तिमाको आज जन्मदिनमा उनलाई उनका श्रिमान निश्चल बस्नेतले रातको बाह्र बजे नै शुभकामना दिउका छन् । त्यस्तै, उनलाई अन्य फ्यान तथा कलाकारहरुले पनि शुभकामना दिएका छन् । उनलाई श्रिमान निश्चिल बस्नेतले शुभकामना दिदैं लेखेका छन्, ‘ह्याप्पी बर्थडे बुढी ।’

स्वस्तिमा आजकै दिन विसं २०५२ मा जन्मिएकी थिईन् । उनले होस्टल रिर्टन्स मार्फत नेपाली सिनेमामा प्रवेश गरेर पछिल्ला समयमा छक्का पञ्जा २, नाई नभन्नु ल ५, लभ लभ लभ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । साथै, पछिल्लो समयमा नेपाली सिनेमामा निकै राम्रो बनेको चलचित्र बुलबुलमा समेल स्वस्तिमा खड्काकै अभिनय रहेको छ ।

 

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार ०३:१३