भैंसी चराउन गएकी कञ्चनको यस्तो अवस्थामा भेटियो शव

जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका मृतावस्थामा फेला परेकी छिन् । वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी बुधवार बिहान ११ः०० बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ । उनको शव पोष्टमाष्र्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

स्थानीयले बालिकाको करणीपछि ह/त्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । परिवारले बालिका बेपत्ता भएसँगै खोजतलासी गरेको थियो तर कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यता घटनामा संलग्न हुन सक्ने आशंकामा गाउँकै शमसानमा बस्ने एक अघोरीलाई गाउँलेले नियन्त्रणमा लिई धनुषा प्रहरीलाई जिम्मा लगाएका छन् । मृतक बालिकाको बुबा बिनोद पजियार पांँच परिवारसंगै कुर्थामा दैनिक मजदूरी गरेर जीवन निर्वाह गर्दै थिए । बालबालिकालाई पालन पोषण गर्न बिनोद गाउँको हाट बजारमा तरकारी बेच्ने गर्छन । अति विपन्न पजियारको घरमा यतिबेला शोकमा डुबेको छ भने, गाउँलेहरु आ/क्रोशित बनेका छन ।

पौडी खेल्दा दुई युवाको निधन

मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको आज निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर निधन भएको हो । दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले निधन भएको घोषणा गरेको थियो ।

करेन्ट लागेर महिलाको निधन

सप्तरीको हनुमाननगर कङ्कालिनीमा करेन्ट लागेर एक महिलाको निधन भएको छ । निधन हुनेमा हनुमाननगर कङ्कालनी नगरपालिका–७ बनिया टोल बस्ने ४५ वर्षीया राजदेवी गुप्ता रहेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आफ्नै घरको कल (ट्युबवेल)मा जडान गरिएको मोटरको तारबाट गुप्तालाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उहाँको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटो निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार ०५:५९