बाजुरामा चट्याङ लागेर आठ वर्षीय बालकको ज्यान गयो

बाजुरा, २० असार- बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको आफन्त इन्द्र बोहराले जनकारी दिनुभएको छ ।

अहिले घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली सम्बन्धित ठाउँमा हिँडिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनस्थल पुग्न गाउँबाट करिब पाँच घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् । (रासस)

 

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार ०८:३०