बझाङको पहिरोमा उद्धारका लागि गएको सेनाको गाडी दुर्घटना

२० असार, काठमाडौंः बझाङमा गए राती भएको पहिरोमा उद्धारका लागि गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाहरुको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार केदारस्युँ गाउँपालिकाको वडा नम्बर ४ मा सेनाको गाडी दुर्घटनामा परेको हो । उक्त गाडीमा १५ जना सवार रहेको प्रहरीले बताएको छ । दुर्घटनामा पर तीन जना घाइते भएका छन् ।

निरन्तर झरि परिरहेका कारण गाउँपालिकाको वडा नम्बर ८ मा हिजो राती पहिरो जाँदा चार जनाको मृत्यु भईसकेको छ । स्थानीयवासी तथा जिल्ला प्रहरी र जनप्रतिनिधिले पहिरोमा पुरिएका शव निकालेका छन् । स्थानीयका अनुसार मृत्यु हुनेमा ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षका छोरा प्रयाग, ८० वर्षीय दले जेठारा र १३ वर्षीय सन्तु जेठारा रहेका छन् ।

पहिरोमा परि बेपत्ता भएकाहरु खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार १०:०३