सलह किराले अर्घाखाँचीको करिब २ सय हेक्टर क्षेत्रफलमा लगाएको मकै बाली नष्ट

असार २०, अर्घाखाँची–अर्घाखाँचीमा छ दिनदेखि सलहले नछाडेपछि स्थानीयहरु हैरान भएका छन् । केहिदिन अघि थाल ठटाउँदै आगो बालेर सलह धपाउन लागि परेपनि आजभोली लखाट्नै छाडेका छन् ।

आज छ दिनको अवधिमा केही ठाउँमा सलह नियन्त्रणमा आए पनि केही ठाउँमा किरा नियन्त्रणमा आउन सकेको छैन । अहिले सम्म सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको छ।

जसअन्तर्गत जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ७ को जलुकेको ५५ घर धुरी भन्दा बढी घर धुरीमा मकै पुर्ण क्षेती पारेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिए।

यस्तै छत्रदेव गाउँपालिका लगायतका क्षेत्रमा पनि बढी क्षेती पुराएको कृर्षी ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार जिल्लामा अहिले सम्म करिव २ सय हेक्टर क्षेत्रफलमा रहेको मकै बाली लगायतका अन्य बालीमा क्षेती पुगेको र तथ्याङक संकलन गर्ने कार्य भैरहेको पनि बताएको छ ।

 

 

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार १०:०७