कतारमा दुई नेपालीले पाए जनही १५ हजार कतारी रियाल पुरस्कार

काठमाडौं- कतारमा दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।

कतारमा रहेको नासर अल अली इन्टरप्राइजेस कम्पनीले कम्पनीमा इमान्दारिपूर्वक काम गरेको भन्दै नुनबहादुर दर्जी र धनुषाका रामशंकर दास बनोधियालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार प्रदान गरेको हो ।

उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो रकम प्रदान गरेका हुन् ।

पुरस्कार पाउने दर्जी नासर अल अली इन्टरप्राइजेस कम्पनीमा कन्स्ट्रक्सनमा काम गर्न नेपालबाट २००९ मा गएका थिए ।

उनले पछि राम्रो काम गर्दै गएपछि ट्रेडवर्कर भए । हाल कार्पेन्टर मेसनरीदेखि सबै काममा पोख्त उनी पोख्त छन् ।

रामशंकले कम्पनीमा १२ वर्ष बिताइसकेका छन । पुरस्कार पाउँदा निकै खुशी लागेको उनीहरुले बताएका छन् ।

कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारलाई प्रोत्साहनस्वरुप सुनको सिक्का, नगद इनाम र प्रमाणपत्र दिने गरेको छ ।

 

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार १०:०९