बल्ल खुल्यो दिपाश्रीले पहिला राजेश हमाललाई सुपरस्टार मान्दिन फेरी पछी यस्तो भन्ने मेरो हैसियत छैन भन्नुको भित्री कुरा (भिडियो हेर्नुहोस्)

हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले केही समयअघि दिएको अभिव्यक्तिलाई लिएर माफी मागेकी छिन् । आफूले दिएको अन्तर्वार्ताको एक अंशका कारण सामाजिक सञ्जालमा विवादित बनेपछि उनले माफी मागेकी हुन् ।एक अन्तर्वार्ताका क्रममा दीपाश्रीले राजेश हमाल महानायक नभएको बुझिने गरी जवाफ फर्काएकी थिइन् । पत्रकारले हमाललाई महानायक बनाइदिएको उनले बताएकी थिइन् निरौलाको त्यो अन्तर्वार्ता प्रसारण भएपछि सामाजिक सञ्जालमा राजेश हमालका फ्यानले आक्रोश पोखेका थिए ।निरौलाले उक्त अन्तर्वार्तामा हमाललाई कुनै समयको नायक भएको तर अहिले केही नगरेको भन्दै भारतीय अभिनेता अमिताभ बच्चनको उदाहरण दिएकी थिइन् ।

दीपाश्रीको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भएको थियो । साथै उनलाई ट्रोल पनि बनाइएको थियो । विरोधपछि निरौलाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै माफी मागेकी हुन् ।‘मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषम परिस्थितिमा एउटा अभिभावको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरुलाई परेको पीरमर्कामा सहयोगी किन हुन सक्नुभएन भन्ने आशयले यो विषयमा बोलेकी हुँ,’ निरौलाले भनेकी छिन् । उनले राजेश हमाल सुपरस्टार नै होइन भन्ने हैसियत आफ्नो नभएको र कहिल्यै नहुने पनि बताएकी छिन् । भिडियो हेर्नुहोस

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार १३:०९