सामाजिक संजालमा झन् झन् सक्रिय बन्दै शाहरुखकी छोरी सुहाना, इस्टाग्रामबाट परिवारकै तस्विर शेयर गरिन्

एजेन्सी । चर्चित बलिउड स्टार शाहरुखकी छोरी हुन सुहाना खान । बलिउडका सबैभन्दा लोकप्रिय स्टार किडहरु मध्ये उनि एक हुन्। शाहरुख खान र गौरी खानको दोस्रो सन्तानको रुपमा जन्मिएकी सुहाना अहिले पूरा १८ वर्ष पुगिसकेकी छिन् ।

हालै उनि लण्डनमा आफ्नो अध्ययनमा रहदै आएकी छिन् । सुहाना युकेको अर्डिनग्लि कलेजमा अध्यनमा व्यस्त रहदै आएकी छिन्। उनि अध्ययनरत कलेज संसारभरको प्रतिष्ठित कलेज मध्ये एक रहेको छ।

उनि अभिनयमा मात्र नभई लेखनमा पनि उतिकै रूची राख्ने गर्दछिन् ।केही समय पहिले उनी बलिउडमा डेब्यु गर्ने तयारीमा रहेको कुरा बाहिर आएको थियो सामाजिक संजालमा पनि निकै सक्रिय रहेकी सुहानाले हालै उनले इन्स्टाग्राममा अपलोड गरेका हट तस्विरहरु भाइरल भएका छन् । उनले इन्स्टाग्राममा बुबा साहरुख खान, ममि गौरी खान र दाई अर्यानका तस्विर शेयर गर्दै स्टाटस लेखेकी छिन् । जुन स्टाटसले यतिबेला चौतर्फि चर्चा पाएको छ ।

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार १३:११