अस्ट्रेलियामा अन्तरास्ट्रिय नेपाली बिद्यार्थीले मासिक ३३०० अस्ट्रेलियन डलर कसरी कमाऊछन् ? साथीभाई दिदि बहिनिहरुको अवस्था देखेर दु:ख लाग्छ

अस्ट्रेलिया एक समान अवसर भएको मुलुक हो । यहाँ कामको बिभिदता देखिदैन , जुन काम गरिए पनि बरावर सम्मान गरिन्छ । यसैकारणले हुन् सक्छ, सबैको आँखा अस्ट्रेलिया देश तिर गैरहेको छ। विदेश जाने नै सोच नभएका, नेपालमा नै केहि गर्नु पर्छ भन्ने सोच गर्दै गरेका दीपेन प्रताप छेत्री यस्तै कुराकानी सुनेर उच्च शिक्षा हासिल गर्न नोभेम्बर २०१९ अस्ट्रेलियामा आउनु भएको थियो। नेपालगंन्ज स्थायी घर भएका दीपेन हाल अस्ट्रेलियामा इन्फर्मेसन टेक्नोलोजी अध्ययन गरिरहनु भएको छ।

दाजु भाउजु सग बस्दै आउनु भएका दिपेन अस्ट्रेलिया आएको दिन देखि एक दिन पनि खाली नरहेको, वर्तवान विश्वब्यापी स्वास्थ्य क्रैसिसले आफ्नो अध्ययन र काममा कुनै असर नपरेको जानकारी दिनु भएको थियो। केहि साथीभाईले जागिर गुमाउनु परेपनि , धेरै जसो साथीहरु काममा नै व्यस्त रहेका थिए भन्दै आफु अस्ट्रेलिया आएर कुनै पछुतो नलागेको जनाउनु भएको थियो l दैनिंक ६/७ घण्टा काम गर्दै गरेका दीपेन दैनिंक औसत ११० अस्ट्रेलियन डलर कमाउनु हुन्छ।

उबर इटसमा काम गर्दै आउनु भएका दीपेनले अन्य नेपाली साथीहरुले मासिक ७००० अस्ट्रेलियन डलर सम्म कमाएको देखेको छु भन्दै , दु:ख गर्नेको लागि संसारको जुनसुकै कुनामा रहे पनि कुनै बाधा नरहेको जानकारी दिनु भएको थियो। घरमा दिन भरि बस्ने अनि काम छैन भन्ने अनि कुलत तिर साथीभाई दिदि बहिनिहरु लागेको देख्दा दु:ख लाग्ने गरेको बताउनु भएको थियो। कृपया हामी बुबाआमा , साथीभाई इस्ट मित्र बाट टाढा रहेको हामीले केहि गर्नु पर्छ र आफ्नो परिवार लाई प्राउड बनाउनु पर्छ भन्दै सबै साथीभाई दिदि बहिनिहरुलाई कर्म गर्न नछोड्न अनुरोध गर्नु भएको छ। (फिचर फोटो : I.C.M., Sydney, Australia)

 

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार १३:१४