भुवनलाई फेरी आयो अर्को आरोप ! स्वेताले पनि ‘स्कृन सट’ सार्वजनिक गर्दै खोलिन् पोल (भिडियो हेर्नुस्)

काठमाडौं । फिल्म निर्माता तथा अभिनेता भुवन केसीलाई फेरी अर्की महिलाले पनि दु’ब्र्य’वहार गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएकी छन् । उनले भुवन केसीले आफुलाई सामाजिक सञ्जाल मार्फत दु’ब्र्यव’हार गरेको आरोप लगाएकी छन् । उनी स्वेता रेग्मी हुन् । स्वेताले भुवनले आफुलाई पनि सामाजिक सञ्जाल फेसवुक च्याटमा कुरा गर्दै अपशब्द बोलेको बताएकी छन् ।

उनले भुवनले च्याटमा बोलेको कुराको स्कृन सर्ट पनि सार्वजनिक गरिदिएकी छन् । उनी क्यानेडामा बस्दै आएकी छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा एक भिडियो पनि सार्वजनिक गरेकी छन् । उनले आफुले भुवन केसीसंग गरेको सो कुरा सार्वजनिक गर्नुको पछाडी आफु दुब्र्यवहारमा परेको हो भनेर जानकारी दिनुभन्दा पनि अभिनेत्री सामग्रीले आफुलाई भएको दुब्र्यवहारको कुरा गर्दा उनी माथि लगाइएको आरोपका कारण सार्वजनिक गरेको बताएकी छन् ।

उनले कुनै पनि महिलाले आफु माथि त्यस्ता कुरा तत्काल सार्वजनिक नगरेको भनेर साम्राज्ञीलाई प्रश्न आइरहेका कारण उनले आफुले पनि विभिन्न कारणले तत्काल त्यसको विरोध गर्न नसकेको बताएकी छन् । महिलाहरुले आफ्ना कुरा सार्वजनिक गर्दा पर्ने विभिन्न पक्षका बारेमा सोचेर तत्काल सार्वजनिक गर्न नसक्ने बताएकी छन् ।

उनले साम्राज्ञी त्यतीबेला निकै सानो उमेरको भएका कारण र कसैले पनि सहयोग नगरेका कारण उनले सार्वजनिक गर्न नसकेको हुन सक्ने बताएकी छन् । उनले भुवनले आफुलाई लेखेको म्यासेजको स्कृन सट सार्वजनिक गर्दै आफुलाई फिल्ममा अफर गरेको बताएकी छन् । आफ्नो १३ र ८ वर्षको छोरा छोरी भएको र तस्बिर हेरेर आफुलाई निकै सुन्दर भन्दै फिल्मको अफर गरेको उनको भनाई छ ।

अभिनेत्री साम्राज्ञीले अभिनेता भुवनले आफुलाई दुब्र्यवहार गरेको भन्दै सार्वजनिक गरेपछि भएको चर्चा सेलाउन नपाउँदै फेरी स्वेताले पनि भुवनलाई त्यस्तै आरोप लगाएकी छन् । भुवनले आफुमाथि साम्राज्ञीले लगाएको आरोप झुटो भन्दै छानविनका लागि चलचित्र कलाकार संघमा उजुरी समेत दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै खुला चुनौती समेत दिएका छन् ।

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार १३:२१