खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले बगायो पुष्पलाई, खोला छेउमै भेटियो शब

काठमाडौं । झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टुक्रेका पुष्प राई रहेका छन् । उनलाई कमल गाउँपालिका–५ मा रतुवा खोला र चाजु खोलाको दोभानमा आएको बाढीले शनिबार दिउँसो बगाएको थियो ।

खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले बगाएपछि स्थानीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, दमकबाट प्रहरी निरीक्षकको नेतृत्वको टोलीले राइको शब खोला छेउमा भेटेका थिए । शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको बताइएको छ ।

 

Loading...
प्रकाशित मिति २१ असार २०७७, आईतवार ०३:२७