भारतमा कोरोना कहर : एकैदिन ६१० जनाभन्दा बढीको मृत्यु, मृतकको संख्या १९ हजार २७९ पुग्यो

काठमाडौ, असार २१-भारतमा दिनहुँ कोरोना संक्रमितका बिरामि थपिदै गएका छन् । वल्र्डवमिटरका अनुसार भारतमा एकैदिन ६१० जनाभन्दा बढीको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १९ हजार २७९ पुगेको छ ।

विगत २४ घण्टामा भारतमा थप २४ हजार कोरोना संक्रमित फेला परेको र ६१० सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जानकारी गराइएको छ । त्यस्तै ४ लाख ९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

 

Loading...
प्रकाशित मिति २१ असार २०७७, आईतवार ०३:२९