उत्तर कोरियामा किम जोंग उन भगवान जस्तै हुन्, यस्तो छ यहाँको भित्री दुनियाँः पहिलोपटक दुई नागरिकको बयान

उत्तर कोरियामा गएर त्यहाँका नागरिकसँग कुरा गर्नु लगभग असम्भव छ । यदि कोही बाहिरका व्यक्ति उत्तर कोरिया जान्छ भने पुलिसले ती व्यक्तिमाथि कडा निगरानी राख्छ । त्यहाँका नागरिकलाई पनि बाहिरी दुनियाँसँग कुनै प्रकारको सम्पर्कबाट वञ्चित गरिन्छ । तर उत्तर कोरियाका दुई नागरिकले ह त्या वा कैदको खतरा हुँदाहुँदै पनि बीबीसीसँग कुराकानीका लागि तयार भए । यसै क्रममा उनीहरुले यो रहस्यमयी देशका केही यस्ता जानकारीको पर्दाफास गरेका छन् ।

उत्तर कोरियामा नेता किम जोंग उनलाई भगवानजस्तै मानिन्छ, त्यसकारण उनीमाथि प्रश्न उठाउने बारे कसैले सोच्नसमेत सक्दैनन् । किम जोंग उनलाई सबै कुरा थाहा हुन्छ र यदि त्यहाँका नागरिकलाई किमविरुद्ध विचार राख्ने कुनै पनि व्यक्ति, परिवारका सदस्य नै किन नहोस्, बारे थाहा भए यसबारे प्रशासनलाई जानकारी दिनुपर्छ भनी बारम्बार सिकाइन्छ ।

यस्तोमा किम जोंग उनको प्रशासन विरुद्ध बोल्ने हिम्मत गर्ने सुन हुईलाई राम्रोसँग थाहा छ कि यस्तो गरेर उनले आफ्नो ज्यान खतरामा पारेकी छिन् । उनको सुरक्षालाई ध्यानमा राखेर बीबीसीले उनको पहिचान लुकाएको छ र उनको वास्तविक नामको साटो परिवर्तित नाम राखेको छ ।

यदि उत्तर कोरियाको सरकारलाई सुन हुईको वास्तविक पहिचान थाहा भए, उनलाई कडाभन्दा कडा वा फाँसीको सजायँको सम्भावना छ । जेलको सजायँ उनले मात्र नभई उनका तीन पुस्ताले समेत भोग्नुपर्छ ।

‘किम पैसा चुस्ने भ्याम्पायर’

सुन हुई व्यापारी हुन् । उनी रिसाउँदै भन्छिन्, ‘किम जोंग उन व्यापारीले झैं काम गर्दछन् । उनको यो बानीलाई धेरैजसोले आलोचना गर्छन् । उनले हाम्रो सबै पैसा हामीबाट खोस्छन् ।’

उनी भन्छिन्, ‘मानिसहरु भन्छन् कि साना देखिने किमले भ्याम्पायरले झैं बुद्धि लगाएर हाम्रो पैसा चुस्छन् ।’ सुन हुई आफ्ना श्रीमान् र दुई छोरीसँग बस्छिन् । जब उनको व्यापार राम्रो चल्छ तब उनको परिवारले तीन छाक खान्छ । यदि राम्रो चलेन भने उनीहरुले सुख्खा रोटीमै काम चलाउनुपर्छ ।

सुन जुन बजारमा काम गर्छिन् त्यहाँ स्ट्रिट फूड, कपडा र तस्करी गरिएका इलेक्ट्रोनिक सामान पाइन्छ । यो बजारमा ५० लाखबढी मानिसको रोजगार निर्भर हुन्छ ।

यो मार्केट ट्रेड उत्तर कोरियाको सरकारको कट्टर सम्यवाद विपरित छ । यद्यपी, उत्तर कोरियाविरुद्ध लगाइएका थुप्रै आर्थिक प्रतिबन्धका बीच यो बजारले ठूलो जनसंख्याको पेट भरिरहेको छ ।

९० को दशकमा देखिएको अकालको स्थिती सामना गर्न नपरोस् भन्ने उद्देश्यले उत्तर कोरियाली सरकार यो मार्केटको विरुद्धमा उठ्न सक्दैन । स्थानीय मानिसहरुलाई लाग्छ कि किम जोंग उनमा सकारात्मकता बढिरहेको छ । सायद यसैकारण पनि उनले उक्त मार्केटविरुद्ध कुनै कारवाही गर्दैनन् ।

उक्त मार्केटमा थुप्रै पटक अफवाहले बजार तताउँछ । सुन हुई भन्छिन्, ‘मैले मार्केटमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरिया आउँदैछन् भन्ने पनि सुनेको छु ।’

‘मानिसहरु दुबै देशका शीर्ष नेताबीच प्रस्तावित बैठबारे त्यती जानकार छैनन् । तर यहाँका कोही पनि मानिसलाई अमेरिका मन पर्दैन ।’ उनी भन्छिन्, ‘हामी उत्तर कोरियाली नागरिक यो मान्यता राख्छौं कि अमेरिकाले हामीलाई दक्षिण कोरियाबाट अलग्गाएकाले हामी गरिब भएका हौं ।’

उत्तर कोरियाको सरकार आफ्नो देशको कुनै पनि जानकारी बाहिर जान दिँदैन । उसको यही प्रोपोगान्डालाई अमेरिका र उनका छिमेकी देश दक्षिण कोरियाले आलोचना गर्ने गर्दछ ।

दक्षिण कोरिया र अमेरिकासँग सम्बन्ध सुधारका लागि हालै उत्तर कोरियाले आफ्नो परमाणु स्थल नष्ट गरेको थियो । उत्तर कोरिया र अमेरिकाका प्रमखु नेता जून १२ मा भेटघाट गर्ने बताइएको छ ।

उत्तर कोरियाका अर्का नागरिक चोल हो ले पनि बीबीसीसँग कुराकानी गरेका छन् । उनले त्यहाँका ती नागरिकको समस्या बारे बताएका छन् जो आफ्नो दैनिकीका लागि अत्यधिक समस्याको सामना गरिरहेका छन् ।

चोल होले भने,

Loading...
प्रकाशित मिति २१ असार २०७७, आईतवार ०६:०२