भारतवाट आएर क्वारेन्टिमा बसेका एक युवकको शनिवार मध्यराती निधन

काठमाडौ, २१ असार । । बागलुङको क्वारेन्टिनमा बसेका एक युवकको निधन भएको छ । उनी केही दिन अघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । मृतक युवाको कोरोना परिक्षण भएको छैन । निधन पछि स्वाव संकलन गरेर कोरोना परिक्षणको लागि पठाइएको जनाइएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ४ स्थित क्वारेन्टिनमा यही असार ३ गतेदेखि बसेका २८ वर्षीय युवकको निधन भएपछि स्वाव परिक्षणको काम सुरु भएको बताइएको छ । त्यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भण्डारीले घटनाको पुष्टि गरेका छन् ।

युवकको शनिवार मध्यराती निधन भएको हो । आइतवार विहान पिसिआर परिक्षणका लागि स्वाव पठाइसकिएको पनि प्रहरीले जनाएको छ । उनको स्वावको रिपोर्ट आउन बाँकी रहेकाले अन्त्यष्टि गरिएको छैन ।

पोखरा विज्ञान प्रतिष्ठान प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्र उनको शव व्यवस्थान गर्ने तयारी रहेको उनले जानकारी दिए। उनका परिवारका अन्य सदस्यको भने पिसिआर रिपोर्ट आएको प्रहरीले जनाएको छ । रिपोर्टमा कोरोना नभएको पुष्टि भएको छ । युवा क्षयरोगीका विरामी रहेको परिवारका सदस्यले जानकारी दिएका छन् । भारतमा उपचार हुन नसकेपछि उनी गाउँ फर्किएका थिए। उनी क्वारेन्टिन बसेको गाउँ भने उनको ससुराली हो। उनी बागलुङकै निसिखोला गाउँपालिका वडा नम्बर २ का स्थानिय हुन् ।

Loading...
प्रकाशित मिति २१ असार २०७७, आईतवार ०८:१२