केपी ओली पार्टीमा अल्पमतमा परे लगत्तै सेनासँग बढाए भेटघाट, ओलीको सत्तामोहका कारण कता जाँदैछ देश ?

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शनिबार र आइतबार दुई पटक भेट भएको बताइएको छ । पार्टीभित्र अल्पमतमा देखिएका ओली पार्टीभित्र आन्तारिक विवाद उत्कर्षमा पुगेसँगै सेनासँगको सम्पर्क बढाए पछि यो भेटलाई अर्थ पुर्ण रुपमा हेरिएको छ । भेटका क्रममा के–के कुराकानी भयो भन्ने विषय भने बाहिर नआएपनि ओली र थापा बिच लामो कुराकानी भएको बताइएको छ ।

त्यस्तै यता रक्षामन्त्री ईश्वर पोख्रेल र प्रधानसेनापति थापाबीच पनि आइतबार निकै छलफल भएको थियो । ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् । त्यस्तै आइतबारै प्रधानमन्त्री ओलीले बालुवाटारमा प्रधानमन्त्रीले रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश(५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुबास नेम्वाङ, मुख्यसचिव लोकदर्सन रेग्मी, पुष्पकमल दाहाल प्रचण्ड, जनार्दन शर्मासँग पनि भेटघाट गरेका थिए ।

ओलीले आफ्नै पार्टीका शीर्ष नेताहरुले राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाइरहेका बेला सेनासँग बाक्लो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ । केही दिनअघि प्रधानमन्त्री ओलीले भारतको डिजाइनमा नेपालका केही नेताहरुको योजनामा आफुलाई सरकारको नेतृत्वबाट हटाउन खोजेको आरोप लगाएका थिए भने नकपाका अध्यक्ष प्रचण्डले भने भारतले नभइ आफुले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको बताएका थिए । त्यसपछि पार्टीभित्र चर्को विवाद चुलिदै आएको छ ।

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०३:३९