रिपोर्ट नआउँदा बैतडीमा क्वारेन्टाइनमा बसेकाहरु धमाधम घर फर्किन थाले

बैतडी, असार २२- समयमै रिपोर्ट नआउँदा बैतडीका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिक धमाधम घर फर्किन थालेका छन् । महिना दिनसम्म समेत रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक घर फर्कन थालेका हुन् ।

क्वारेन्टाइनमा बसेका १४ दिन बढी भइसकेका नागरिक घरमै अलगै क्वारेन्टाइनमा बसिरहेका स्थानीय तहका स्वास्थ्य शाखाहरुले जनाएका छन् । क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएको र स्वाब संकलन गरेर समयमै रिपोर्ट नआएकाहरु घर फर्केका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा अहिले ७ सय बढी नागरिक क्वारेन्टाइनमा छन् भने करिब ५ सय नागरिकको रिपोर्ट आउन बाँकी रहेको छ । राजधानि दैनिकमा खबर छ । आरडीटी पोजेटिभ आएका नागरिकहरुको स्वाब संकलन गरेर पठाएकोमा रिपोर्ट आउन ढिलाई भएका नागरिक घर फर्केका हुन् ।

रिपोर्ट ढिलो आउँदा घर फर्केका नागरिकहरुमा कोरोना पुष्टी भएपछि खोजबिन गरेर आइसोलेसनमा राख्नुपर्ने बाध्यता आइलागेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । महिना दिनसम्म समेत रिपोर्ट नआउँदा स्थानीयहरुलाई घर पठाउन बाध्य भएको उनको भनाई छ ।

समयमै रिपोर्ट नआउँदा आरडीटी पोजेटिभ देखिएका नागरिक मानसिक रुपमा समेत कमजोर हुँदै गएका मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले जानकारी दिए । समयमै रिपोर्ट नआउँदा धेरै नागरिक क्वारेन्टाइनमा बसेका महिना दिन भइसकेको समेत उनले बताए ।

ail.com

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०३:४७