पुर्व अनेरास्ववियूका युवाहरुले पार्टी फुटेको भन्दै गरे कोठे पार्टी (भिडियो)

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय राजनीति भित्र खिचातानी चलिरहेकै बेला केन्द्रिय स्तरकै शिर्ष नेताहरु खुलेरै गुट उपगुटको प्रणालीमा उभिरहंदा ओली र प्रचण्डको धार अलग्गै देखिन शुर भईसकेको छ । यस्तैमा जनता अन्यौलमा छन् भने राजनीतिक विश्लेषकहरुले आ–आफ्नै धारणाहरु राखिरहेका छन् । प्रधानमन्त्री ओलीले मनोमानी गरेको भन्दै पार्टी फुट्नुको अब बिकल्प छैन भन्नेहरुको जमात भन्दा यो परिस्थितिमा पार्टी नफुटेकै र सरकार नढलेकै राम्रो भन्नेहरुको बाहुल्यता पनि उत्तिकै देखिन्छ ।

प्रतिपक्षले समेत नेकपा नफुटोस् र सरकार नढलोस् भन्ने अभिव्यक्तिहरु दिईरहेको बेलामा पुर्व अनेरास्ववियूका नेताहरुले भने पार्टी फुटेको भन्दै खुशीयाली मनाएका छन् । उनीहरुले नेकपा फुटेको भन्दै खुशियाली मनाएको भिडियो पनि सार्वजनिक गरेका छन् । त्यसरी पार्टी फुट्ने खुशियालीमा पुर्व अखिल सचिवालय सदस्य नरेश रोकाय, उमेश आचार्य, त्यसैगरी सिटिभिटिका अध्यक्ष उमेश थापा, संगठनका केन्द्रिय सदस्य विरेन्द्र रावल र घनश्याम पुन रहेका छन् ।

पुर्व अखिलका यी युवा नेताहरुले पार्टी फुटेको खुशीयाली भन्दै गरेको कोठे पार्टीमा केपी ओलीको सई पनि एमाले मै पनि एमाले भन्ने गीतमा नाच्दै आफुहरु केपी ओलीको समर्थक भएको पनि बताएका छन् । उनीहरुले बनाएको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाईरल नै भएको छ ।

पार्टी फुटे देश र जनतासंगै नेकपाको लोकप्रियता पनि कम हुने भएकोले नेकपा कुनै पनि हालतमा फुट्नु हुँदैन भनेर शिर्ष नेताहरुलाई मेलमिलाकोलागी चौतर्फि दबाब भईरहेको बेला नेकपाकै भातृ संगठन पुर्व अनेरास्ववियूका युवाहरुले गरेको यस्तो हर्कतको अहिले सामाजिक सञ्जालमै विरोध पनि भईरहेको छ । साथै उनीहरुलाई कारवाहीको पनि माग गरिएको छ । भिडियो सहित

 

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ११:०८