चीनमा फेरी अर्को नयाँ प्लेग भेटियो, महामारीको सम्भावना कति ?

एजेन्सी । चीनवाट फेरी अर्को रोगको महामारी फैलन संकेत देखिएको छ । चीनवाट सुरु भएको कोरोना अहिले विश्वव्यापी फैलिरहेको छ । त्यसको रोकथामका लागि खोपको परिक्षण भएको छ भने कोरोनाको स्रोत पत्ता लगाउने काम भइरहेको छ । कोरोनाको कहर सकिन नपाउँदै फेरी अर्को महामारीको संकेत चीनमा देखिएको बीबीसीले जनाएको छ ।

चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग पुष्टि भएको छ । प्लेग कोरोना भन्दा बढी मानिसको निधन गराउने दर भएको रोग हो । प्लेग देखिएका ति पुरुषलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनको अवस्था नाजुक रहेको बताइएको छ ।

यस अघि नै वैज्ञानिकहरुले चीनवाट अर्को महामारी फैलने र त्यो सुँगुरको कारणले हुने दावी गरेका थिए । बैज्ञानिकको सो दावी पुष्टि भएको छ । ब्यक्तिमा प्लेग पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेको बीबीसीले जनाएको छ । अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन्।

ति ब्यक्तिलाई प्लेग भएको आशंका पछि बायान्नुरस्थित एउटा अस्पतालमा शनिवार भर्ना गरिएको थियो । अस्पतालमा परिक्षण गर्दा उनलाई प्लेग भएको पुष्टि भएको हो । उनी कसरी संक्रमित भए भन्ने खुलेको छैन । उनको उपचार सुरु गरिएको चिकित्सकले बताएका छन् । यो पनि ब्याक्टेरियावाट हुने रोग भएका कारण घातक हुने चिकित्सकले बताएका छन् । तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ ।

प्लेगको संक्रमित भेटिएको पुष्टि भएपछि चीनमा अहिले जीवजन्तुको सिकार गर्न र मासु खान रोक लगाइएको छ । कोरोनाको जस्तै सचेतना अपनाउदै रोगको लक्षण देखिए तत्काल खबर गर्न आग्रह गरिएको छ ।

विश्वमा बेलाबेलामा प्लेग देखा परिरहन्छ । सन् २०१७ मा म्याडग्यासकरमा ३०० जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो ।

 

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ११:५९