आज थप १८० जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या घट्दो

काठमाडौंः नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय ८० संक्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १५ हजार ९ सय ६४ कोरोना संक्रमित फेला परेका छन् ।हालसम्म मृत्यु हुनेको संख्या ३५ रहेको छ ।

 

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार १२:०५