रहेनन् यि चर्चित कलाकार, ३ महिनाअघि देखी उपचार गराइरहेपनि अन्तत: हारे कोरोनासँग

एजेन्सी-कोरोना भाइरसका कारण क्यानेडियन कलाकार तथा रंगकर्मी निक कोर्डेरोको मृत्यु भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ४१ वर्षीय निकमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थिाय े ।३ महिनाअघि अस्पताल भर्ना गरिएका निकको आइतबार निधन भएको समाचारमा जनाइएको छ ।

उनको लस एन्जल्सको एक अस्पतालमा निधन भएको जनाइएको छ ।उनको निधनपछि सेलिब्रेटी र फ्यानले श्रद्धाञ्जली अर्पण गर्दै दुख व्यक्त गरेका छन् ।

कोर्डेरो सन् २०१४ मा टोनी अवार्डमा बेस्ट फिचर्ड एक्टर विधामा नोमिनेसनमा परेका थिए । त्यस्तै उनी ड्रामा डेस्क अवार्डमा पनि नोमिनेसनमा परेका थिए । अ स्टान्ड अप गाइ, मोब टाउन, इन्साइड गेम लगायतका फिल्ममा समेत अभिनय गरेका गरेका कोर्डेरोलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो ।

 

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार १२:१४