अब मास्क नलगाई घरबाहिर निस्किनेलाई प्रहरीलाई सिधै समात्न गृहले दियो निर्देशन

काठमाडौँ-मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि अब कार्यान्वयनमा ल्याउन प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको हो ।

यो अहिले गरिएको निर्णय नभइ पुरानै निर्णय भएको मन्त्रालयले जनाएको छ । त्यस्तै एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको र अब सोही अनुरुप कार्य गर्न निर्देशन दिएको हो ।

यो नियम आज देखि लागू भइसकेको छ । निर्देशन अवज्ञा गर्नेमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने बताइएको छ ।

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार १२:२२