आज देशका यि यि स्थानमा ठूलो पानी पर्ने सम्भाबना, बाढी र डुबानसँगै पहिरोको जोखिम भएकाले सर्तक रहन आग्रह

काठमाण्डौ – आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाकाका अनुसार आज प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद्ले बताएका छन् । ठूलो पानी पर्ने ठाउँमा बाढी र डुबानसँगै पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले मध्य तथा सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

दिउँसो यी ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । त्यस्तै महाशाखाले राती पनिदेशका लगभग सबै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

 

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०३:०८